आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ११:३२ |सिड्नीको समय: ०९:३२ |काठमाडौंको समय: ०५:१७

सिड्नीको नेपाली समुदायमा कोरोनाको प्रकोप, ‘उपचारको सम्पूर्ण जिम्मेवारी राज्यको दायित्व : सरकारी अधिकारी’

एएनजेड खबरजुलाइ ९, २०२१



ग्रेटर सिड्नीमा पछिल्लो समय कोरोना महामारीको डेल्टा भेरियन्ट बढ्दै जाँदा १५ जना नेपाली पनि संक्रमित भएको सार्वजनिक भएको छ । पछिल्लो समय फेयरफिल्ड अस्पताल क्लस्टरवाट नेपाली समुदाय बढि प्रभावित भएको बुझिएको छ ।

नेपालीहरुको वाक्लो वस्ती रहेका सवअर्वहरुमा कोरोना भाईरसको प्रकोप बढ्दै गएपछि प्रशासनले कडा नियमहरु सार्वजनिक गरेसंगै सरकारले लागु गरेका नियमहरुको पालना गर्न तथा कोभिड परिक्षण गर्न समेत अनुरोध गरेको छ ।

‘कोरोना महामारीको समयमा नेपाली समुदाय, संघसंस्था र स्वयंसेवकहरुले देखाएको धैर्य र सहयोगको खुलेर प्रशंसा गर्छु । क्वारेन्टाइन, आईसोलेसनमा बस्ने होटेल, खानपान, औषधोपचार सम्पूर्ण उपचारको प्रबन्ध सरकारले गर्छ । परीक्षण अवधिमा काम छोड्नुपर्ने अवस्था आई आर्थिक समस्या भएकालाई सरकारले सहयोग गर्छ ।’ जन्मभूमि नेपालमा एउटा सुई हान्न महाभारत परिरहेका बेला अष्ट्रेलिया सरकारले नेपाली समुदायलाई दिएको आश्वासन हो यो ।

नेप्लिज अष्ट्रेलियन एशोसिएसनले सिडनीमा गरेको अन्तरक्रियामा स्वास्थ्य विभागकी प्रतिनिधि डा. मेरियाना गेइलले परीक्षण बढाउन नेपाली समुदायसंग आव्हान गरिन् । कोरोना महामारी नियन्त्रण गर्न अष्ट्रेलियाली सरकारले चारबुँदे कार्ययोजना ल्याएको एक हप्ता नवित्दै १५ जना नेपालीमा कोरोना संक्रमणको पुष्टि भएपछि उनले सहकार्य गरेर विपत्तिसंग लड्न आव्हान गरेको कार्यक्रममा सहभागि पत्रकार मनऋषि धितालले एएनजेड खवरलाई बताए ।



लकडाउनबीच देखिएको यो संक्रमणले नेपाली समुदायमा सन्त्रास उत्पन्न भएको छ । संक्रमितहरु अधिकांश नर्सिङ्ग होम र अस्पतालमा काम गर्नेहरु रहेको पुष्टि भएको छ । थुप्रै नेपाली यो क्षेत्रमा काम गर्ने भएकाले सरकारका लागि चुनौती भएको सरकारी प्रतिनिधिको भनाइ थियो ।

कोरोना संक्रमणको नयाँ भेरियन्ट समुदायमा देखिएकाले लकडाउनको पालना गराउन यहाँको सरकार निर्मम बन्दै गएको छ । सरकारी आदेश पालन नगर्नेलाई दण्ड जरिवाना तिराउने क्रमलाई तीब्रता दिइएको छ । अव लकडाउन अवधिभर घरमा पाहुना बोलाउन पाईने छैन भने

अत्यावश्यक नपरि एउटा सवअर्ववाट अर्काे सवअर्वमा समेत जान पाईने छैन । सार्वजनिक स्थलमा मास्क नलगाएको दोषमा उपप्रधानमन्त्री सहित थुप्रै पदाधिकारी दण्डित भइसकेका छन् । उनीहरुलाई दुई सय देखि हजार डलरसम्म दण्डित गरिएको छ ।

तपाइँको प्रतिक्रिया