आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १३:१७ |सिड्नीको समय: ११:१७ |काठमाडौंको समय: ०७:०२

कांग्रेस केन्द्रीय नेताहरुको उपस्थितिमा ‘साझा एनआरएनए, सबल एनआरएनए’समूहको औपचारिक उम्मेदवारी घोषणा

एएनजेड खबरजुलाइ १०, २०२१


गैरआवासीय नेपाली संघ (एनआरएनए)अष्ट्रेलियाको आसन्न निर्वाचनमा लोकतान्त्रिक पक्षले जुम बैठक मार्फत‘साझा एनआरएनए, सबल एनआरएनए’समूहको समूहगत उम्मेदवारी घोषणा गरेका छन् ।


नेपाली कांग्रेसका केन्द्रीय नेताहरु सहित जनसम्पर्क समिति अष्ट्रेलियाका आठवटै राज्य समितिका संयोजकहरु लगायतका समाजका अगुवाहरु सम्मिलित घोषणा समारोह मार्फत एनआरएन अध्यक्षका लागि नन्दु गुरुङ्ग सहितका उम्मेदवारहरु तय गरिएको जनाइएको छ ।
जुम घोषणा सभामा उम्मेदवारहरुको हौसला बढाउन नेपाली कांग्रेस केन्द्रीय युवा नेताहरु एनपी सावद, गगन थापा, धनराज गुरुङ्ग, सरोज थापा लगायतको उपस्थिति थियो ।


घोषणा सभामा बोल्दै केन्द्रीय सदस्य सावदले अष्ट्रेलियाका लोकतान्त्रिक साथीहरुको जोश, संगठन प्रतिको प्रतिवद्धतालाई आफूले प्रत्यक्ष देखेको र अहिलेको एनआरएन निर्वाचनमा देखिएको सहभागिता र एकताले आफूलाई उत्साहित बनाएको बताए ।

अर्का केन्द्रीय सदस्य धनराज गुरुङ्गले लोकतान्त्रिक समूहको तर्फबाट अध्यक्षको उम्मेदवारको रुपमा उभ्याईएका नन्दु गुरुङ्गलाई विद्यार्थी राजनीति देखि नजिकबाट चिनेको उल्लेख गर्दै यति स्वच्छ र निस्वार्थ सामाजिक अभियन्तालाई अध्यक्ष पदमा उभ्याएको खबर सुन्न पाउँदा आफू हर्षित भएकोले आफ्नो ब्यक्तिगत र पार्टी केन्द्रको तर्फवाट अध्यक्ष लगायत सबै उम्मेदवारहरुलाई शुभकामना ब्यक्त गरेका थिए ।

त्यस्तै कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य गगन थापाले राजनीतिक रुपमा खारिएका र विगतमा पार्टीसंग निकट रहेका परिचित अनुहारहरुलाई लोकतान्त्रिक समूहको तर्फबाट उम्मेदवार बनाएको प्रति खुसी ब्यक्त गर्दै एनआरएन अष्ट्रेलियाको आगामी निर्वाचनमा ‘साझा एनआरएनए,सबल एनआरएनए’ समूह नै विजय हुने विश्वास ब्यक्त गरे ।

त्यस्तै युवा नेता सरोज थापाले अष्ट्रेलियामा रहेका लोकतान्त्रिक पक्षधर साथीहरु एकढिक्का भएर एनआरएनए निर्वाचनमा साझा समूहका उम्मेदवारलाई विजय गराउन लागि पर्ने विश्वास ब्यक्त गरे ।
त्यसैगरी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रिय सदस्य डाक्टर नारायण खड्काले प्राविधिक समस्याका कारण जुममा जोडिन नसकेपनि लिखित म्यासेज मार्फत लोकतान्त्रिक उम्मेदवारहरुलाई विजयको लागि शुभकामना प्रेषित गरेका थिए ।

This image has an empty alt attribute; its file name is Ranch-Lifestyle-Photo-Collage-1024x819.jpg

यहाँको नेपाली समाजले चासोका साथ हेरिरहेको यस निर्वाचनका लागि सामाजिक अभियन्ता नन्दु गुरुङ्गको नेतृत्वमा राष्ट्रिय समन्वय परिषदका (एनसीसी)का लागि उम्मेदवार सार्वजनिक गरेका हुन् ।


गुरुङ्गको नेतृत्वमा रहेको यो समूहको एनएसडब्लु राज्य संयोजक प्रतिज्ञा अधिकारी ,महासचिव पदमा राजु अधिकारी, सचिवमा सन्ध्या शाह, कोषाध्यक्षमा अनिल पोखरेल, सह–कोषाध्यक्षमा राजकुमार नगरकोटी रहेका छन् ।

त्यसैगरी अन्तराष्ट्रिय समन्वय समिति सदस्यमा बुद्धि डल्लाकोटी, प्रज्वल भट्टराई, पर्शुराम अधिकारी, परेशराज घिमिरे, राजेश बुढाथोकी, नविन भण्डारी, सूर्य आचार्य र प्रेम कंडेल रहेका छन् ।

त्यसैगरी एनसीसी युथ फोरमको संयोजक पदका लागि बविन मिश्रले उम्मेदवारी दिने भएका छन् भने उप–संयोजक पदका लागि चन्द्रप्रसाद तिवारी रहेका छन् । सचिव पदमा क्षितिज बुढाथोकी रहेका छन् भने कोषाध्यक्ष पदमा रञ्जीतराज वन्त रहेका छन् । सदस्यहरुमा आश्मा आचार्य, सन्देशराज भण्डारी, प्रकाश भट्टराई,महेन्द्र घिमिरे र रमाकान्त न्यौपाने रहेका छन् ।
त्यसैगरी राष्ट्रिय समन्वय समिति सदस्यमा न्यूसाउथ वेल्स राज्यबाट अनुप थापा, महेश भट्टराई, सुजाता उपाध्याय, ध्रुव पोखरेल, रमेश अधिकारी र विवेक क्षेत्री रहेका छन् ।

कार्यक्रममा सामाजिक अगुवाहरु दुर्गा आचार्य, अभिमन्यु केसी, सुरेन्द्र सापकोटा, विवेक थापा, जनसम्पर्क समिति अष्ट्रेलियाका संस्थापक दिनेशराज जोशी, थानु शाक्य, डिला खरेल, डा. भरतराज पौडेल, डा. डिल्ली बञ्जाडे, महेन्द्र लम्साल, कञ्चन पोखरेल, सविन वराल,मोनी लिम्वु, भीष्म भण्डारी, इर्साद अहमद, प्रकाश अर्याल, अञ्जना वस्नेत कार्की, विनित शर्मा, दिपक शर्मा, अभिमान सिंह वस्नेत, भूपाल सिटौला, अरुण ठाकुर, दिपेश चिलवाल लगाायतले नन्दु गुरुङ्ग नेतृत्वको समूहलाई विजयी गराउन आग्रह गर्दै शुभकामना मन्तब्य ब्यक्त गरेक थिए ।


कार्यक्रममा नारायण काफ्ले, सूर्यभक्त खनाल, रामजी बस्नेत, विनोद लामा, शितल खाँड गिरी, द्वारिका दवाडी, गणेश अधिकारी, कोमलराज पाठक,गणेश पौडेल, बसन्त पौडेल, चोला कोइराला (बिष्णु) लगायतका सय जना भन्दा बढिको उपस्थिति रहेको सो घोषणा सभा कार्यक्रममा उम्मेदवारहरुले आफ्नो एजेण्डा सहितका सारगर्भित मन्तब्य राखेका थिए ।



तपाइँको प्रतिक्रिया