आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १४:०१ |सिड्नीको समय: १२:०१ |काठमाडौंको समय: ०७:४६

भिक्टोरियावाट ‘साझा एनआरएनए सवल एनआरएनए’ समुहका हरि खड्का नेतृत्वको समुह नै निर्विरोध

एएनजेड खबरजुलाइ २२, २०२१

एनआरएनए अस्ट्रेलियाको भिक्टोरिया राज्यवाट लोकतान्त्रिक पक्षधरहरुको तर्फवाट ‘साझा एनआरएनए, सवल एनआरएनए’ समुहका संयोजक हरि खड्का सहित सवै उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् ।
एनआरएनए अष्ट्रेलियाको निर्वाचन समितिले विहीवार विहान प्रकाशित गरेको अन्तिम नामावली अनुसार हरि खड्काको मात्र संयोजक पदमा उम्मेदवार परेको हो । त्यसैगरी उपसंयोजक पदमा नारायण कटुवाल निर्विरोध भएका छन् । सचिव पदमा गणेश कँडेल, सहसचिव पदमा दिपक अधिकारी, कोषाध्यक्षमा हेमराज पौडेलपनि निर्विरोध भएका छन् ।

This image has an empty alt attribute; its file name is hari-khadka.jpg


यसैगरी राज्य समिति सदस्यका उम्मेदवारहरु जीवन आचार्य, चिरञ्जीवी पोखरेल, प्रिती राना थापा, गणेश भण्डारी, समुन्य थापा, कृष्णबहादुर क्षेत्री, बवि लामा र विजय दाहाल पनि निर्विरोध वन्ने भाग्यमानी रहेका छन् ।
भिक्टोरिया राज्य युवा संयोजकमा मनिष नेपाल, उपसंयोजकमा शसेन्द्र केसी, युवा सदस्यका उम्मेदवारहरुमा विक्रम तिवारी, लक्ष्मण सन्ज्याल,मातृका खनाल, गौरव सुनुवार र रन्जीत सापकोटा पनि निर्विरोध बनेका छन् ।
यस्तै नारी निकुञ्जका उम्मेदवारहरु राज्य संयोजकमा पारु सापकोटा, उपसंयोजकमा राशी सिंह ठकुरी, नारी निकुञ्ज राज्य सदस्यहरुमा कल्पना बस्याल, निरु सापकोटा, अनामिका श्रेष्ठ पनि निर्विरोध भएका छन् ।
भिक्टोरिया राज्यवाट राष्ट्रिय समन्वय समितिको सदस्यहरुमा उम्मेदवारी दिएका माधव धानुक, विश्व गौडेल, महेन्द्रशाली घिमिरे पनि निर्विरोध भएका छन् ।
करिव २ हजार भन्दा वढि सदस्य संख्या रहेको एनआरएन भिक्टोरियामा साझा समुहको पकड रहेको यसपटकको भएको निर्विरोध निर्वाचितले नै प्रमाणित गरिसकेको छ ।
निर्विरोध निर्वाचित भएका खड्काले एएनजेड खवरसंग कुरा गर्दै भने, ‘एनआरएनए अभियानमा रहेर समुदायको सेवा गर्ने मेरो चाहनालाई बुझेर सम्पूर्ण भिक्टोरियावासीले म र मेरो टिमलाई दिनुभएको स्नेह र जिम्मेवारीलाई बोध गर्दै एनआरएन अभियानलाई अगाडी बढाउनेछु । एनआरएनलाई सवैको साझा र सवल बनाउने अभियानमा म सदैव लागिरहेनछु ।

तपाइँको प्रतिक्रिया