शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १९:२६ |सिड्नीको समय: १७:२६ |काठमाडौंको समय: १३:११

न्यु साउथवेल्सकी प्रिमियर ग्ल्याडिस बेरेजेक्लियन गरिन् राजीनामा

एएनजेड खबरअक्टोबर १, २०२१


This image has an empty alt attribute; its file name is 241178728_10158375547940773_2208764077911865562_n.jpg

सिडनी न्यु साउथ वेल्सकी प्रिमियर ग्ल्याडिस बेरेजेक्लियनले पदबाट राजीनामा दिएकी छिन् ।

सरकारी अनुदान बितरणमा भएको अनियमितताका विषयमा इन्डिपेन्डेन्ट कमिसन अगेन्स्ट करप्सन (आइसीएसी)ले छानवीन गर्ने भएपछि प्रिमियरको राजीनामा आएको हो ।


न्यु साउथवेल्सको भ्रष्टाचारविरुद्धको आयोग आइसिएसिले सन् २०१२ देखि २०१८ सम्म बितरित सरकारी अनुदानमा अनियमितता भएको भन्दै प्रिमियरलाई छानविनको अगाडी बढाएको छ ।


पत्रकार सम्मेलनमार्फत प्रिमियरले नयाँ प्रिमियरको छनौट भएपछि प्रिमियरवाट हट्ने र साँसद पदबाटसमेत राजीनामा दिने घोषणा गरिन् ।
यसअघि राज्यको वागावागाका साँसद म्यागोइरमाथि सरकारी अनुदानमा अनियमिताको आरोप लागेको थियो ।

साँसद म्यागोइर र प्रिमियर ग्ल्याडिसविचको गोप्य प्रेम संबन्धको पोल खुलेपछि ग्ल्याडिस पनि शँकाको घेरामा आएकी थिइन् ।
पत्रकार सम्मेलनमा भने ग्लाडियसले आफुले जनताको विश्वास नतोडेको बताइन् ।


आइसीएसीले आगामी अक्टोबर १८ मा प्रिमियर ग्ल्याडिसले गरेको पदको दुरुपयोगका वारेमा छानवीन गर्न सार्वजनिक सुनुवाई गर्दैछ ।

तपाइँको प्रतिक्रिया