बुधबार, जेठ ९, २०८१ |Wed May, 2024
अक्ल्याण्डको समय: ०६:३४ |सिड्नीको समय: ०४:३४ |काठमाडौंको समय: ००:१९

अष्ट्रेलियामा बन्यो नेपाली चलचित्र ‘रक्की’, घटस्थापनाका दिन ब्रिजवेनमा प्रदर्शन हुने

एएनजेड खबरअक्टोबर २, २०२१
This image has an empty alt attribute; its file name is movie-1024x511.jpg


सिडनी । अष्ट्रेलियाको कुइन्ल्याण्डमा बसोबास गर्दैआएका युवाहरुको समूहले नेपाली चलचित्र ‘रक्की’ निर्माण गरेका छन् ।


मिलन मिश्र र मञ्जिल केसीको संयुक्त निर्देशन रहको चलचित्र ‘रक्की’मा मिलन मिश्र र मेलिशा खतिवडाको मुख्य भूमिका छ ।
एक्सन र प्रेमकथामा आधारित यो चलचित्र ब्रिजवेन, सनसाइनकोष्ट, गोलकोष्टलगायतका क्षेत्रमा छायाँकन गरिएको छ ।


निर्माता अमुडा बिष्टका अनुसार दशैंको घटस्थापनाका दिन (अक्टोबर ७)मा गोलकोष्टको साउथपोर्टस्थित इभेन्ट सिनेमामा चलचित्र प्रदर्शन हुनेछ । चलचित्रको टिकट मूल्य ५ डलर तोकिएको छ ।


नेपाली कलाकारितालाई विदेशमा पनि निरन्तरता दिइरहेका कलाकार तथा निर्देशक मिलन मिश्रले गोलकोष्ट र व्रिजबेन आसपासका नेपालीलाई चलचित्र हेरेर सहयोग गर्न आग्रह गरेका छन् ।

तपाइँको प्रतिक्रिया