शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: २२:२२ |सिड्नीको समय: २०:२२ |काठमाडौंको समय: १६:०७

वार्षिक ४५ अर्ब डलर घाटा भए पनि अष्ट्रेलियाले आगामी वर्षसम्म विदेशी पर्यटक नभित्रयाउने

एएनजेड खबरअक्टोबर ५, २०२१
This image has an empty alt attribute; its file name is 2021-10-05t011058z_1_lynxmpeh9401e_rtroptp_3_iress-m-a-eqt.jpg


सिडनी । अष्ट्रेलियाले अर्को वर्ष (२०२२) सम्म बाह्य पर्यटक देशभित्र नभित्रयाउने भएको छ ।
प्रधानमन्त्री स्कट मोरिसनका अनुसार दक्ष आप्रवासी र विद्यार्थीलाई अष्ट्रेलिया प्रवेशमा भने उच्च प्राथमिकता दिइनेछ ।


प्रधानमन्त्री मोरिसनले केही दिनअघि खोप लगाएका नागरिक र स्थायी बासिन्दालाई पहिलो पटक नोभेम्बरबाट विदेश उडान गर्न अनुमति दिने बताएका थिए । १६ वर्ष माथिका ८० प्रतिशत जनताले कोभिड विरुद्धको दोस्रो मात्राको खोप लगाइसकेपछि अन्तराष्ट्रिय आवागमन सहज बनाईने प्रधानमन्त्री मोरिसनले पहिले नै घोषणा गरिसकेका छन् ।


‘अष्ट्रेलियालीपछि स्वदेश प्रवेशको अबको प्राथमिकतामा बाह्य पर्यटकभन्दा दक्ष आप्रवासी र विदेशी विद्यार्थी हुनेछन्’, मोरिसनले मंगलबार स्थानिय टेलिभिजन च्यानल सेभेन नेटवर्कसंगको कुराकानीमा भने ।


कोभिड महामारी र प्रतिबन्धका कारण अहिले अष्ट्रेलिया प्रवेश गर्नेको संख्या न्यून छ । सरकारी तथ्यांकका अनुसार दोश्रो विश्वयुद्धपछि अन्य देशबाट अष्ट्रेलिया प्रवेश गर्नेहरुको सख्या अहिले सम्मकै सबैभन्दा कम भएकोे देखाएको छ ।


कोभिड महामारीले अष्ट्रेलियाली विश्वविद्यालयमा प्रतिकुल असर पारेको छ । अन्र्तराष्ट्रि विद्यार्थीमै निर्भर विश्वविद्यालय कतै ति विद्यार्थी अन्य मुलुकमा जाने त हैनन् भन्नेमा पनि चिन्तीत छन् ।
शिक्षा क्षेत्र मात्र हैन, अष्ट्रेलियन पर्यटन परिषद्ले मात्रै पर्यटकबाट अर्बौं कमाउदै आएको थियो । महामारीअघि परिषदले विदेशी पर्यटकबाट वार्षिक ४५ अर्ब अस्ट्रेलियन डलर कमाएको रेकर्ड छ ।


तैपनि कोभिडको संक्रमण अझै नियन्त्रणमा नआइसकेकाले अष्ट्रेलियाले वार्षिक ४५ अर्ब डलर क्षति व्यहोरे पनि सन् २०२२ सम्म विदेशी पर्यटक नभित्रयाउने नीति लिएको हो ।

तपाइँको प्रतिक्रिया