शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १७:१८ |सिड्नीको समय: १५:१८ |काठमाडौंको समय: ११:०३

रुसमा कोरोनोबाट अहिलेसम्मकै धेरै ९ सय बढीको मुत्यु

एएनजेड खबरअक्टोबर ६, २०२१

मस्को । कोरोना संक्रमणबाट रुसमा बुधबार एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै जनाको मृत्यु भएको छ । बुधबार रुसमा ९२९ जनाको मृत्यु भएको छ ।
योसँगै रुसमा अहिलेसम्म कुल मृतकको संख्या दुई लाख १२ हजार ६२५ पुगेको छ ।


कोरोनाभाइरसको डेल्टा भेरियन्ट फैलिएको छ । र कोरोनाभाइरसविरुद्धको खोप लगाएकाहरुको संख्या पनि कम छ । यस्तोमा रुसमा मृतकहरुको संख्या बढेको हो ।


अधिकारीहरुका अनुसार अहिलेसम्म रुसका ३० प्रतिशतले मात्रै कोरोनाभाइरस विरुद्धको पूर्ण खोप लगाएका छन् । यसअघि मंगलबार पनि अहिलेसम्मकै सवैभन्दा धेरैको मृत्यु भएको विवरण स्वास्थ्य अधिकारीहरुले सार्वजनिक गरेका थिए । रुसमा पछिल्लो समय कोरोनाभाइरसको महामारी थप फैलिदै गएको छ ।

तपाइँको प्रतिक्रिया