मंगलबार, जेठ ८, २०८१ |Wed May, 2024
अक्ल्याण्डको समय: ०४:३१ |सिड्नीको समय: ०२:३१ |काठमाडौंको समय: २२:१६

रहेनन ‘रामायण’का रावण अरविन्द

एएनजेड खबरअक्टोबर ६, २०२१

नब्बेको दशकमा रामानन्द सागरले निर्माण गरेको चर्चित टेलिश्रृंखला ‘रामायण’मा रावणको भूमिका निर्वाह गर्ने अभिनेता अरविन्द त्रिवेदीको निधन भएको छ ।
८२ वर्र्षीय त्रिवेदीको मंगलवार राती हृदयघातबाट निधन भएको हो । केही दिनदेखि उनी विरामी थिए ।
यसअघि पटक–पटक उनको निधनको हल्ला चलेको थियो । सन् २०१९ मा उनको निधन भएको हल्ला चलेपछि भतिजा कौस्तुभ त्रिवेदीले ट्वीटरमार्फत खण्डन गरेका थिए । यसै वर्ष पनि अरविन्दको निधनको हल्ला चल्यो । रामायणमा लक्ष्मणको भूमिका निर्वाह गरेका सुनील लहरीले त्यसको खण्डन गर्नु परेको थियो ।


‘रामायण’मा अट्टाहसपूर्ण हाँसो र क्रोधित मुद्राबाट रावणको चरीत्रमा खरो उत्रिएका अरविन्दले आफ्नो करीअरको सुरुवात चलचित्र ‘पराया धन’बाट गरेका थिए । त्यसपछि उनले केही हिन्दी र ग्ुजराती चलचित्रमा काम गरेर आफ्नो पहिचान कायम गरे । कूल ३ सय चलचित्रमा काम गरिसकेका उनले रामायणबाहेक ‘विक्रम और बेताल’मा पनि मुख्य भूमिका निर्वाह गरेका छन् ।


नेपालको ग्यालेक्सी फोरके’ टेलिभिजनमा ‘रामायण’को नेपाली भर्सन प्रशारण हुँदैछ । कलाकार अरविन्द नेपाली दर्शकमाझ परिचित अनुहार हुन् ।

तपाइँको प्रतिक्रिया