आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १५:५६ |सिड्नीको समय: १३:५६ |काठमाडौंको समय: ०९:४१

कलाकार मनोज गजुरेलले गरे विवाह, मीनाले भनिन्, ‘के नै नौलो काम गरेको हो र ?’

एएनजेड खबरअक्टोबर ११, २०२१


काठमाडौं । हाँस्य कलाकार मनोज गजुरेलले विवाह गरेका छन् ।
गजुरेलले नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग विवाह गरेका हुन् ।


सोमबार सामाजिक संजालमार्फत विवाह गरेको जानकारी दिदै उनले नव दुलहीसँगको तस्वीरसमेत सार्वजनिक गरेका छन् ।
चार वर्षअघि मिना ढकालसँग सम्बन्धविच्छेद गरेका गजुरेलले आफ्ना छोराछोरीको भविश्यको बारेमा संबेदनशील भएर दोश्रो विवाह गरेको दावी गरेका छन् ।


’मेरा बाबु–नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशिल हुनु जरुरी थियो । यी दुबै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो । बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो,’ गजुरेलले सामाजिक सञ्जालमा लेखेका छन् ।


यसैक्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेल मेरो चिनजान हुनपुगेको, बिस्तारै घनिष्टता बढेको भन्दै गजुरेलले लेखेका छन्, ‘एकैखालको परिवेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं ।’


मनोज र मन्जुले सोमबार बिहान डोलेश्वर महादेवमा परिवारको उपस्थितिमा त्यहीँ विवाह गरेका हुन् । विवाहपछि कौशलटारस्थित सपरिवार मानवसेवा आश्रममा गएर बुवाआमालाई खाना खुवाएका थिए ।
’सपरिवार मानवसेवा आश्रम (कौशलटार)मा रहेका बुवाआमालाई खाना खुवाएर÷खाएर विवाह सम्पन्न गरेका छौँ,’ उनले लेखेका छन्, ’परिस्थिति सिर्जित हाम्रो यो नयाँ अध्यायलाई शुभकामना र आशिर्वाद प्रदान गर्ने सबैलाई धन्यवाद ।’


मीनाको सांकेतिक प्रतिक्रिया
मनोजकी पूर्व पत्नी मिना ढकालले भने यसबारेमा हालसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् । यूटयूब भाइरल पात्र मुकुन्द घिमिरे (मुकुन्दे)ले चाहिँ सामाजिक संजालमा गजुरेलको विवाहलाई संकेत गर्दै लेखेको स्टाटस भने मीनाले शेयर गरेकी छिन् ।
मुकुन्देले लेखेका छन्, ‘उत्ताउलो कानूनले के ग¥यो, अर्कीको लोग्नेले अर्काकी स्वास्नीलाई विहे ग¥यो ।’
यसलाई शेयर गर्दै मीनाले लेखेकी छन्, ‘त्यही त नी, के नै ठूलो र नौला काम ग¥या हो र ?’

This image has an empty alt attribute; its file name is 245327055_10159959131121474_8490409655147079566_n-1024x683.jpg

तपाइँको प्रतिक्रिया