शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: २०:११ |सिड्नीको समय: १८:११ |काठमाडौंको समय: १३:५६

न्यू साउथवेल्स प्रिमियर सातौं सन्तानका बाबु बन्दै, हेलेनको गर्भमा छोरी

एएनजेड खबरअक्टोबर १८, २०२१


सिडनी । न्यू साउथवेल्स प्रिमियर डोमिनिक पेरोटेट सातौं सन्तानका बाबु बन्ने भएका छन् ।
पत्नी हेलेन सातौं बच्चाका साथ गर्भवती भएको जानकारी प्रिमियरले सामाजिक सन्जाल मार्फत दिएका छन् ।
सामाजिक संजालमा उनले केही तस्वीर शेयर गरेका छन् । एउटा तस्वीरमा कोठाको भित्तामा उनका ६ जना सन्तानको तस्वीर सजाइएको देखिन्छ, जसको छेउमै पेरोटेट र उनकी पत्नी हेलेन उभिएका छन् ।
३९ वर्षीय पेरोटेटले सामाजिक सन्जालमा लेखेका छन्, ‘हाम्रो परिवारको फोटो भित्तालाई अब अर्को एउटा फ्रेमको खाँचो छ । हेलेन र म यो घोषणा गर्दा रोमांचीत छौं कि हामीसँग अर्को वर्ष एउटी सानी छोरी हुनेछीन् ।’
अर्को तस्वीर चाहिँ विलियम एक्लैको छ । उनी पनि आफ्ना भाइ–बैनीहरुको तस्वीरसहितको भित्ता सामु उभिएका छन् । पेरोटेटले यो तस्वीरबारे लेखेका छन्, ‘पाँच बहीनीहरुसँग पहिलेदेखि विलियम, उज्ज्वल पक्ष देखिरहेका छन्–पारिवारिक बास्केटबल टिममाथि बेन्च अझ गहिरो भयो ।’
राजनीतिमा आउनुअघि एक वकिल रहेका पेरोटेटका पहिले नै पाँच छोरी र एक छोरा छन् ।
भान्टाङ भुन्टुङ धेरै भएकाले यसै महिनाको प्रारम्भमा प्रिमियर हुनासाथ उनलाई सोधिएको थियो, ‘आफ्नो काम र पारिवारिक जिम्मेवारी कसरी निर्वाह गर्नुहुनेछ ?’
पेरोटेटले भनेका थिए, ‘परिवार र आफ्नो कामलाई सन्तुलनमा ल्याउनु हरेक कामकाजी माता–पिताका लागि एउटा संघर्ष थियो, आखिर म समयमा जे गुमाउनसक्छु, त्यो कुनै न कुनै सन्दर्भमा मलाई मिल्छ । मेरो साथ एउटा बलियो परिवार छ र मसँग एउटा बलियो मन्त्रीस्तरीय टिम छ, जसले हाम्रो ध्यान न्यू साउथवेल्सका मानिसमाथि छ भन्ने साबित गर्नेछ ।’
उनले यो पनि भनेका थिए, ‘हो, मेरा पारिवारिक प्रतिबद्धता छन्, तर यसबाट कसैलाई नोकरीबाट अयोग्य ठहर्याउनु हुँदैन ।’
प्रिमियर पेरोटेटकी पन्ती हेलेन पनि एक वकिल हुन्, जो पहिला अष्ट्रेलियाई सुरक्षा बल र संघीय पुलीसका लागि काम गरिसकेकी छन् ।
सँसदमा सन् २०११ मा पहिलो पटक उदघाटन भाषण गर्ने क्रममा पेरोटेटले आफ्नी पत्नीको पनि चर्चा गरेका थिए, त्यो बेला उनका दुई जना सन्तान थिए ।
उनले भनेका थिए, ‘मेरी पत्नीलाई काम र परिवार दुबैको जिम्मेवारी बोध छ । उनले पूर्णकालीन काम गरेरै रातमा कानूनको पढाइ पुरा गरेकी हुन् । राती अबेरसम्म उनले आफुलाई पढाइमा लगाइन् र परिवारको पनि हेरचाह गरिन् ।’
एक प्रतिशाली पेशाकर्मी, एक आत्मीय साथी र सबैभन्दा बढी एउटी आमाको रुपमा हेलेनप्रति आफुमा गर्व रहेको बताउँदै पेरोटेटले सन् २०११ को भाषणमा भनेका थिए, ‘काम गरेर पनि आफ्नो सबथोक बच्चाहरुका लागि दिन तयार रहने पत्नीप्रति ममा गर्व छ ।’
सन् २०१९ मा ‘गुड विकेन्ड’ पत्रिकामा प्रिमियरले परिवारका साथ घरमा बिताएको समय अमुल्य तथा सार्थक रहेको बताएका थिए ।
‘काम र पारिवारिक जीवनलाई सन्तुलीत गर्नु या सुनीश्चित गर्नु चुनौतिपूर्ण छ, जब तपाई घरमा हुनुहुन्छ । तपाई आफ्नो परिवारबाट जीवनमा खुशी र आनन्द पाउनसक्नुहुन्छ ।’, पत्रिकामा उनको कथन छ ।
प्रिमियर पेरोटेटका पनि १२ भाइ बैनी छन् । ठूलो परिवारमा हुर्किएका कारण राजनीतिक जीवनका लागि पनि राम्रोसँग तयार हुनसकेको उनको अनुभव छ ।

तपाइँको प्रतिक्रिया