शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १७:४२ |सिड्नीको समय: १५:४२ |काठमाडौंको समय: ११:२७

बिल गेट्सकी छोरीको विवाह, भोजमा २५ करोड खर्च

एएनजेड खबरअक्टोबर २१, २०२१

This image has an empty alt attribute; its file name is h11ig754_bill-melinda-gates-daughter-wedding_625x300_19_October_21.jpg

माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्सकी जेठी छोरी जेनिफर गेट्सको विवाह भएको छ ।


विश्वकै धनी बिलकी उत्तराधिकारीसमेत रहेकी जेनिफरले मिश्रका ३० वर्षीय घोडसवार नयेल नासरसँग विवाह गरेकी हुन् ।
शुक्रवार सिमित अतिथिका माझ गोप्य रुपमा विवाह गरेका जेनिफर र नासरले शनिबार भोजको आयोजना गरेका थिए ।

न्युयोर्कको नर्थ सलेमस्थित १४२ एकड जमिनमा फैलिएको गार्डेनमा भएको विवाह समारोहमा करिब ३ सय मानिस सहभागी थिए ।
नासर र जेनिफरवीच सन् २०१७ देखि प्रेम सम्बन्ध थियो । स्टेनफोर्ड युनिभर्सिटीबाट एकसाथ ग्रयाजुएसन गरेका उनीहरुले सन् २०२० मा विवाह गर्ने घोषणा गरेका थिए ।

जेनिफर इसाई र नासर मुस्लिम भए पनि उनीहरुको विवाहमा धर्मको लफडा भने भएन ।
शनिबारको भोजमा बिल गेट्सले छोरी जेनिफरका साथ नृत्य गरेका थिए ।

बिल गेट्स र मेलिन्डाले २५ वर्षीया छोरी जेनिफरलाई हात समातेर एकसाथ सेरेमनी स्थलसम्म पुु¥याएका थिए ।
विवाह भोजमा नजिकका नातेदार र इष्टमित्रलाई मात्र डाकिएको थियो । केही सेलिब्रिटी र राजनेता पनि थिए ।

विवाहको अनुमानित खर्च दुई मिलियन यूएस डलर अर्थात् करिब २५ करोड रुपैयाँ भएको बताइन्छ ।

तपाइँको प्रतिक्रिया