शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १९:३६ |सिड्नीको समय: १७:३६ |काठमाडौंको समय: १३:२१

अष्ट्रेलियाले नेपालको शैक्षिक विकासका लागि १२ करोड सहयोग गर्ने, २०२२ मा २० नेपाली विद्यार्थीलाई छात्रवृत्ति

एएनजेड खबरनोभेम्बर ४, २०२१
This image has an empty alt attribute; its file name is austrlaian-ambassdor.jpg


अष्ट्रेलियाले नेपालको शैक्षिक विकासका लागि सन् २०२३ सम्म एक मिलियन डलर (करीब १२ करोड रुपैयाँ) सहयोग गर्ने भएको छ ।
यसैगरी अष्ट्रेलियाले सन् २०२२ मा २० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति पनि प्रदान गर्ने भएको छ ।


शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग काठमाडौंमा भएको शिष्टचार भेटवार्ताका क्रममा नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी जेन भोल्कले यस्तो जानकारी दिएकी हुन् । राजदूतले अष्ट्रेलियाले नेपालको शैक्षिक विकासमा सहयोग गर्दै जाने बताइन् ।


भेटवार्ताका क्रममा मन्त्री पौडेले नेपाल र अष्ट्रेलियाबिच सन् १९६० देखि द्विपक्षीय सम्बन्ध उत्कृष्ट र सुमधुर रहँदै आएको बताउँदै शैक्षिक छात्रवृत्तिको कोटा बढाउन राजदूत समक्ष आग्रह गरेका थिए ।


‘अष्ट्रेलिया सरकारबाट विद्यालय क्षेत्र सुधार कार्यक्रमको अवधिसम्म अनुदान सहयोग हुँदै आएको थियो’, मन्त्री पौडेलले राजदूत समक्ष भने, ‘पछि निरन्तरताको अभाव महसुस भएको छ । हामी १० वर्षे शिक्षा क्षेत्र विकास योजना तर्जुमाको अन्तिम चरणमा छौं, अष्ट्रेलियन सरकारबाट पुनः सहयोगको अपेक्षा गर्दछु ।’


राजदूत फेलिसिटीले नेपालमा विकास सहयतामार्फत कोभिड महामहारीका बेला रेडियो कार्यक्रमलगायत सहयोग गरेको र आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरीन् ।


नेपाली विद्यार्थीले कोभ्याक्स र एस्ट्राजेनेकाको दोस्रो डोज कोरोना खोप लगाए क्वारेन्टाइनमा बस्नु नपर्ने अष्ट्रेलिया सरकारको नीति रहेको पनि सुनाएकी थिइन् ।


भेटवार्तामा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधकुमारी यादव, मन्त्रालयका सचिव रामप्रसाद थपलियालगायतको उपस्थिति थियो ।

तपाइँको प्रतिक्रिया