बुधबार, जेठ २, २०८१ |Wed May, 2024
अक्ल्याण्डको समय: ११:४० |सिड्नीको समय: ०९:४० |काठमाडौंको समय: ०५:२५

डिसेम्बरबाट विश्वका लागि अष्ट्रेलियाको सिमा खुला, कामदार र विद्यार्थीमा खुसीयाली

एएनजेड खबरनोभेम्बर २२, २०२१
This image has an empty alt attribute; its file name is opera.jpg


यहि डिसेम्बरबाट अष्ट्रेलियाको अन्र्तराष्ट्रिय सिमा खुल्ने भएको छ ।
१६ वर्षभन्दा माथिका दुबै खोप लगाउने मानिसहरुको संख्या ८५ प्रतिशत कटनासाथ अष्ट्रेलियाले यो खुसीको खबर दिएको हो, जसबाट सबैभन्दा बढी खुसी विद्यार्थीहरुमा छाएको छ ।


प्रधानमन्त्री स्कट मोरिसनले पत्रकार सम्मेलनमार्फत डिसेम्बर १ देखि कोरोनोको पुरै मात्रा खोप लगाएकाहरुले अस्ट्रेलिया प्रवेश गर्न पाउने घोषणा गरेका छन् ।
‘अस्ट्रेलियामा पूर्ण मात्रा खोप लगाएका १६ वर्षभन्दा बढी आयु बर्गका मानिसको संख्या ८५ प्रतिशतभन्दा बढी भएको छ । यो एउटा जर्बदस्त उपलब्धी हो, यसको अर्थ हामी विश्वको उच्चतम खोपकरण दर भएका मुलुकमध्ये एक हुने बाटोमा छौं’, मोरिसनले भनेका छन् ।


विद्यार्थी, दक्ष कामदार, शरणार्थी र बिदामा गएका कामदारलगायतका भिषावाहकलाई अस्टे«लिया आउनसक्ने प्रधानमन्त्री बताए । उनले भने, ‘केही महिनामै यस्ता दुइ लाख व्यक्ति अस्ट्रेलिया आउनेछन् ।’
प्रधानमन्त्रीका अनुसार मुख्य प्राथमिकतामा विद्यार्थी र दक्ष कामदार छन्, जसको आगमनले अस्ट्रेलिया सामान्य अवस्थामा फर्कन सहयोग हुनेछ ।
सिँगापुर हवाइ रुटबाट दक्षिण कोरिया र जापानका बिद्यार्थी पनि धमाधम आउनसक्ने उनले बताए ।


‘अस्ट्रेलियालाई पुरानै अवस्थामा फर्काउन र राज्यको अर्थतन्त्रलगायत विकासका लागि पनि विद्यार्थी आगमन अपरिहार्य छ’, मोरिसनले भने, ‘हामी उनीहरुको स्वागतका लागि तयार छौं । ’


यो निर्णयसँगै नेपाललगायत विश्वका डेढ लाख बढी विद्यार्थीलाई राहत मिलेको छ, जो अस्टे«ेलिया आउन आतुर थिए ।
अस्ट्रेलिया प्रवेश गर्नेहरुसँग कोरोनो नेगेटिभको प्रमाणपत्र हुनुपर्नेछ । कतिपय राज्यमा क्वारेन्टीनमा बस्नु परे पनि न्यू साउथवेल्स, भिक्टोरिया र अस्ट्रेलियन क्यापिटल टेरिटोरीमा आउनेहरुले चाहिँ क्वारेन्टाइनमा बस्नुपर्नेछैन ।


कोरोना महामारीपछि करिब पाँच हजार नेपाली विद्यार्थी अस्ट्रेलियामा पढन जानबाट बन्चीत थिए । अब उनीहरु अस्ट्रेलियाकै विश्व विद्यालयमा प्रत्यक्ष पढन पाउने प्रकृया सुरु भएको हो । यसबाट अनलाइन कक्षा लिइरहेकाहरुमा खुसीयाली छाएको छ ।




तपाइँको प्रतिक्रिया