मंगलबार, जेठ १, २०८१ |Tue May, 2024
अक्ल्याण्डको समय: ००:३३ |सिड्नीको समय: २२:३३ |काठमाडौंको समय: १८:१८

सभापति देउवा पेलेरै जाने रणनीतिमा

एएनजेड खबरडिसेम्बर २६, २०२१
This image has an empty alt attribute; its file name is deuba.jpg

सरकार र पार्टीभित्र शक्तिशाली बनेका नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा पेलेरै जाने रणनीतिमा देखिएका छन् । उनले पार्टीभित्र र सरकारमा योजनावद्ध तरिकाले केही महत्वपूर्ण कदमहरु अगाडि सार्न लागेका छन् ।


देउवाले काँग्रेसभित्र दुई तिहाईको शक्ति आर्जन गरेका छन् । उनले सभापतिमा मुख्य प्रतिष्पर्धी डा. शेखर कोइरालालाई वरियतामा २०औं नम्बरमा राखिदिएका छन् । यसको अर्थ उनले मुख्य प्रतिष्पर्धीलाई पेलेरै जाने रणनीति बनाएका छन् ।

आफ्नै समूहका प्रभावशाली नेताहरुलाई पनि देउवाले विस्तारै पाखा लगाएका छन् । विरोधी समूहको केही नेताहरुको साथ लिएर प्रभाव बनाउने रणनीति लिएको देखिदैछ ।

सरकारमा रहेर उनले अमेरिकी सहयोगसम्बन्धी एमसीसी पारित गर्ने तयारी गरेका छन् । एमसीसी पास गर्न विकल्पसहित बढेको देखिदैछ । त्यसका लागि उनले अहिलेभन्दा फरक शक्तिसँग गठबन्धन गर्ने सम्भावना पनि बढेको छ ।
देउवा सकभर २०७९ सालको सुरुमै चुनाव गर्न चाहन्छन् । स्थानीय, प्रदेश र केन्द्रीय संसदको चुनाव एकैपटक गर्नेबारे देउवाले परामर्श थालेका छन् । जतिसक्दो छिटो चुनावमा जाँदा पार्टी र आफूलाई लाभ हुने देउवाको बुझाई देखिन्छ । त्यसका लागि उनी पेलेर जाने तयारीमा छन् ।

तपाइँको प्रतिक्रिया