आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०७:५७ |सिड्नीको समय: ०५:५७ |काठमाडौंको समय: ०१:४२

सत्तारुढ गठबन्धनमा राष्ट्रियसभाका १९ सिटमा मिल्यो भागबण्डा

एएनजेड खबरजनवरी ३, २०२२

काठमाडौं– राष्ट्रियसभा निर्वाचनको १९ सिटमा सत्तारुढ गठबन्धनमा भागबण्डा टुंगिएको छ ।
सोमबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा राष्ट्रिय सभा निर्वाचनको १९ सिटमा भागबण्डा मिलेको हो ।
रिक्त हुन लागेको १९ सिटमध्ये काँग्रेसलाई ६, माओवादीलाई पाँच, एकीकृत समाजवादीलाई ५, जसपालाई २ र जनमोर्चालाई एक सिट बाँडिएको छ ।
आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता हुँदैछ ।

तपाइँको प्रतिक्रिया