आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०६:२८ |सिड्नीको समय: ०४:२८ |काठमाडौंको समय: ००:१३

राष्ट्रिय सभा निर्वाचनका लागि १९ पदमा ४३ जनाको उम्मेदवारी

एएनजेड खबरजनवरी ५, २०२२

काठमाडौं – राष्ट्रियसभाको १९ पदमा हुने निर्वाचनका लागि निर्वाचन आयोगमा विभिन्न ९ राजनीतिक दलका ४३ जनाले उम्मेदवारी दिएका छन् । आयोगको निर्वाचन कार्यतालिका अनुसार मंगलबार सातवटै प्रदेशको निर्वाचन कार्यालय पुगेर विभिन्न दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिपक्षी दल एमालेले १९ वटै सिटमा उम्मेदवारी दर्ता गराएको छ । सत्तारुढ गठबन्धनले १९ सिटमा साझा उम्मेदवार उठाएका छन् । काँग्रेसले ६ सिट लिएको छ भने माओवादी र एकीकृत समाजवादीले ५ – ५ सिट पाएका छन् । जसपाले २ र राजमोले एक सिट गरी पाँच दलीय गठबन्धनले १९ सिटमा तालमेल गरेका छन् ।
त्यसैगरी महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले १ र नेपाल मजदुर किसान पार्टीले २ सिटमा उम्मेदवार उठाएका छन् ।
राष्ट्रियसभा सदस्यका लागि हरेक प्रदेशका उम्मेदवारलाई सो प्रदेशका प्रदेशसभा सदस्यहरु र पालिकाका प्रमुख–उपप्रमुखहरुले मतदान गर्ने संवैधानिक प्रावधान छ ।

विभिन्न दलका उम्मेदवारहरू उम्मेदवारी दिन प्रदेश १ मा विराटनगर, २ मा जनकपुर, वागमतीमा हेटौडा, गण्डकीमा पोखरा, लुम्बिनीमा दाङ, कर्णालीमा सुर्खेत र सुदूरपश्चिमको धनगढीस्थित निर्वाचन कार्यालय पुगेका थिए ।

माघ १२ गते हरेक प्रदेशमा मतदान हुनेछ ।

तपाइँको प्रतिक्रिया