बिहीबार, जेठ ३, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: ०५:०२ |सिड्नीको समय: ०३:०२ |काठमाडौंको समय: २२:४७

राष्ट्रिय भूमि आयोगले १८ माघदेखि सुकुम्बासीको लगत संकलन गर्ने

एएनजेड खबरजनवरी ९, २०२२

काठमाडौं– राष्ट्रिय भूमि आयोगले १८ माघदेखि देशभर सुकुम्बासीको लगत संकलन गर्ने भएको छ । आइतबार आयोगले सार्वजनिक सूचना प्रकाशित गरी झापादेखि कञ्चनपुरसम्म २७ जिल्लाका विभिन्न स्थानीय तहमा लगत संकलक खटाएर तथ्यांक संकलन गर्ने भएको हो ।
विभिन्न स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन आयोगले तोकेको ढाँचा बमोजिम १८ माघदेखि ३५ दिनभित्र निवेदन फाराम भरेर स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलकमार्फत पेश गर्न आयोगले आह्वान गरेको छ ।
आयोगले यसअघि निवेदन दिइसकेकाहरूले निस्सा लिन र जग्गा नाप जाँचरचेकजाँच गराउन सम्पर्क गर्न अनुरोध पनि गरेको छ ।
आफूले आबाद कमोत गरेको जग्गाको नाप नक्सा सम्बन्धित नापी टोली खटिए पश्चात गराउन पनि भनिएको छ ।

तपाइँको प्रतिक्रिया