बिहीबार, जेठ ३, २०८१ |Thu May, 2024
अक्ल्याण्डको समय: १९:३६ |सिड्नीको समय: १७:३६ |काठमाडौंको समय: १३:२१

विद्यालय माघ १५ गतेसम्म बन्द गर्न सिफारिस

एएनजेड खबरजनवरी १०, २०२२

काठमाडौं – सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि माघ १५ गतेसम्म विद्यालयमा हिउँदे बिदा दिन सिफारिस गरिएको छ।
आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) को व्यवस्थापन समितिको बैठकको बैठकले देशभरिका १० कक्षासम्मका विद्यालयमा माघ १५ सम्म हिउँदे बिदा दिन संघीय मामिला मन्त्रालयलाई सिफारस गरेको सिसिएमसिसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन्।

बैठकले गरेको निर्णय कार्यान्वयनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखी पठाउने निर्णय बैठकले गरेको छ । 

तपाइँको प्रतिक्रिया