शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १०:५१ |सिड्नीको समय: ०८:५१ |काठमाडौंको समय: ०४:३६

अब सार्वजनिक सेवा प्राप्त गर्न माघ ७ देखि कोरोना खोप कार्ड अनिवार्य

एएनजेड खबरजनवरी १०, २०२२

काठमाडौं – सार्वजनिक सेवा प्राप्त गर्न माघ ७ गतेदेखि कोरोनाको खोप कार्ड अनिवार्य गरिएको छ । आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो ।
बैठकले सार्वजनिक स्थानहरुमा प्रवेश गर्दा अनिवार्यरुपमा कोभिड भ्याक्सिन लगाएको खोप कार्ड देखाउनुपर्ने निर्णय गरेको छ । त्यस्तो कार्ड मोबाइलमा खिचेर देखाए पनि हुनेछ । यस्तो निर्णय कार्यान्वयनका लागि सबै डीसीएमसीलाई गृह मन्त्रालयमार्फत सिफारिस गर्ने निर्णय भएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।

तपाइँको प्रतिक्रिया