बिहीबार, जेठ ३, २०८१ |Thu May, 2024
अक्ल्याण्डको समय: ००:२० |सिड्नीको समय: २२:२० |काठमाडौंको समय: १८:०५

काठमाडौं उपत्यकामा यस्तो छ प्रशासनको आदेश

एएनजेड खबरजनवरी ११, २०२२

काठमाडौं – काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमणलाई मध्यनजर राख्दै काठमाडौं उपत्यकाका तीनै वटा प्रशासन कार्यालयले सूचना जारी गरेको छ। मंगलबार बसेको बैठकले कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर राख्दै यसको रोकथाम, नियन्त्रण र उपचारका लागि थप प्रभावकारी बनाउन संयुक्त आदेश जारी गरेको हो।

ललितपुरका सीडीओ घनश्याम उपाध्यायले सीसीएमसीसी र गृह मन्त्रालयको सर्कुलर अनुसार आर्थिक गतिविधि र आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन कार्यविधिअनुसार आदेश जारी गरिएको बताए ।

१८ वटा बुँदामा जारी गरिएको आदेश मंगलबार राति १२ बजेदेखि लागू हुनेछ।

तपाइँको प्रतिक्रिया