बिहीबार, जेठ ३, २०८१ |Thu May, 2024
अक्ल्याण्डको समय: १८:५५ |सिड्नीको समय: १६:५५ |काठमाडौंको समय: १२:४०

सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा छैन् – स्वास्थ्य मन्त्री

एएनजेड खबरजनवरी १४, २०२२

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् ।
कीर्तिपुर अस्पतालमा बिहीवार आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरुको कुरा सुनेर लकडाउन गरेपनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताए ।

मन्त्री खतिवडाले सरकार स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेकोले लकडाउन हुन्छ भनेर आत्तिनु नपर्ने बताए ।


उनले यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको भन्दै अब लकडाउन नै समाधान हो भन्ने किसिमबाट सरकार नजाने बताए ।

नागरिकलाई असजिलो पर्दा सरकार तयारीका साथ बसेको भन्दै उनले स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा राखेको उनले बताए । आवश्यक्ता हेरेर खास ठाउँमा मात्रै लडकाउन हुने भन्दै उनले तत्काल लकडाउनको विषयमा आतंकित हुनु नपर्ने बताए ।

तपाइँको प्रतिक्रिया