बिहीबार, जेठ ३, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: ०४:२४ |सिड्नीको समय: ०२:२४ |काठमाडौंको समय: २२:०९

आजदेखि २ रूपैयाँको सिक्का बजारमा

एएनजेड खबरजनवरी १४, २०२२

काठमाडौं– शुक्रबारदेखि नेपाल राष्ट्र बैंकले २ रूपैयाँ दरको सिक्का प्रचलनमा ल्याउन लागेको हो। साविककै आकारमा सुनौलो रंगमा टकमरी गरिएको साल २०७७ लेखिएका २ रूपैयाँ दरका सिक्का आजदेखि बजारमा पठाइन लागिएको हो। राष्ट्र बैंकले हालै मात्र १ र २ रुपैयाँ दरका सिक्का छापेको थियो ।

राष्ट्र बैंकका अनुसार आजबाट बजारमा आउने सिक्काको वृत्ताकार घेराभित्र वरपर ६४ वठा थोप्ला छन् । सिक्काको माथिल्लो भाथमा अंग्रेजीमा आरएस टु र तल्लो भागमा देवनागरी लिपिमा २ रुपैयाँ लेखिएको छ। 

सिक्काको बीच भागमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ भने नक्साको ठिक माथिपट्टि दायाँतर्फ फरक क्षमता (दृष्टिविहीन) हरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्न सक्ने दुईवटा थोप्ला रहेको छ।

तपाइँको प्रतिक्रिया