आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ००:०३ |सिड्नीको समय: २२:०३ |काठमाडौंको समय: १७:४८

अस्ट्रेलियन ओपनको अन्तिम चारमा एश्ले बार्टी प्रवेश

एएनजेड खबरजनवरी २५, २०२२

काठमाडौं – विश्व नम्बर एक एश्ले बार्टीले मंगलबार जेसिका पेगुलाविरुद्ध सहज विजय हासिल गर्दै आफु अस्ट्रेलियन ओपनमा बलियो उपाधि दाबेदार भएको प्रमाणित गरेकी छन् । 

अस्ट्रेलियाकी बार्टीले अमेरिकाकी पेगुलालाई ६–२, ६–० को स्कोरमा हराएकी हुन् । बार्टीले सेमिफाइनलसम्मको यात्रा तय गर्नेक्रममा अहिलेसम्म कुनै सेट गुमाएकी छैन । उनले प्रतियोगिता उपाधि जितेमा १९७८ पछि एकल स्पर्धामा जित्ने पहिलो अस्ट्रेलियन खेलाडी हुनेछिन् । 

बार्टीले अब अमेरिकाकी म्याडिसन किजसँग प्रतिस्पर्धा गर्नेछिन् । अमेरिकाकी म्याडिसन किजले चौँथो वरीयाताप्राप्त बारबोरा क्रिजकिकोभालाई २–० को सेटमा हाउँदै सेमिफाइनलमा स्थान पक्का गरेकी हुन् । किज पहिलो पटक ग्राण्ड स्लामको सेमिफाइनलमा स्थान बनाउन सफल भएकी हुन् ।

किजले फ्रेन्च ओपन विजेता क्रेजकिकोभालाई ६–३, ६–२ को स्कोरमा मा हराएकी हुन् ।

तपाइँको प्रतिक्रिया