शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: २२:२२ |सिड्नीको समय: २०:२२ |काठमाडौंको समय: १६:०७

अस्ट्रेलियन सरकारले एज्डकेयरमा काम गर्नेलाई प्रोत्साहन स्वरूप ८०० डलर दिने

एएनजेड खबरफ्रेब्रवरी १, २०२२

अस्ट्रेलिया– एज्ड केयरमा काम गर्ने कर्मचारीहरूले अतिरिक्त रकम पाउने भएका छन् । आज क्यानबेरास्थित नेशनल प्रेस क्लबलाई सम्बोधन गर्दै प्रधानमन्त्री स्कट मोरिसनले यस्तो घोषणा गर्नु भएको हो ।
बृद्धास्याहार कर्मचारीहरूले दुई किस्तामा चार–चार सयका दरले भुक्तानी पाउने भएका छन्। यो २० करोड ९० लाख अस्ट्रेलियन डलर बराबरको कार्यक्रम हो । पहिलो किस्ता फेब्रुअरी महिनामा दाबी गर्न सकिनेछ भने दोस्रो किस्ता मे महिनामा वितरण गरिने बताइएको छ।
कोभिड – १९ को कारण सबैभन्दा बढी प्रभावित क्षेत्रका रूपमा परेको एज्ड केयरमा काम गर्ने कर्मचारीलाई प्रोत्साहन स्वरूप उक्त रकम भुक्तानी गर्न लागिएको हो।
हेरचाह, किचन र सरसफाइ कर्मचारी सहित बृद्धास्याहारसंग सम्बन्धित सबै कर्मचारीहरूले दुई किस्तामा रकम प्राप्त गर्नेछन्। साथै होम केयर भनिने आवासीय हेरचाह प्रदान गर्ने कर्मचारी पनि यो रकम पाउने छन् ।

तपाइँको प्रतिक्रिया