शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: २३:५४ |सिड्नीको समय: २१:५४ |काठमाडौंको समय: १७:३९

अस्ट्रेलियामा गत हप्ता करिब सात हजार अन्तर्राष्ट्रिय विद्यार्थी भित्रिए

एएनजेड खबरफ्रेब्रवरी ३, २०२२

अस्ट्रेलिया – अस्ट्रेलियामा गत हप्ता करिब ७००० अन्तर्राष्ट्रिय विद्यार्थी भित्रिएका छन् ।
अस्ट्रेलियाका अध्यागमन, नागरिकता तथा आप्रवास मन्त्री एलेक्स हकले गत हप्ता सात हजार अन्तर्राष्ट्रिय विद्यार्थी अस्ट्रेलिया भित्रिएको जानकारी दिएका छन् ।
उनले एक विज्ञप्ती जारी गर्दै अस्ट्रेलियामा व्यवसायका लागि खुल्ला भएसगैं ठुलो संख्यामा अन्तर्राष्ट्रिय विद्यार्थी भित्रिएको बताएका हुन । अष्ट्रेलियामा सन् २०२० नोभेम्बरको अन्तिम साताबाट ५६ हजार विद्यार्थी भित्रिएको पनि जानकारी दिए । अध्ययन गर्न आउनेको संख्या पनि बढिरहेको मन्त्रीले जानकारी दिए । साथै पछिल्लो समय अस्ट्रेलिया आउन ५० हजार अन्तर्राष्ट्रिय विद्यार्थीले भिषाको लागि आवेदन दिएको पनि मन्त्री हकले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया