शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: २१:५० |सिड्नीको समय: १९:५० |काठमाडौंको समय: १५:३५

अस्ट्रेलियामा कोभिड–१९ बाट ४८ जनाको मृत्यु

एएनजेड खबरफ्रेब्रवरी ११, २०२२

अस्ट्रेलिया– अस्ट्रेलियामा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट ४८ जनाको मृत्यु भएको छ । शुक्रवार जारी गरिएको सरकारी तथ्याङ्क अनुसार अस्ट्रेलियाका न्यु साउथ वेल्स, भिक्टोरिया, क्वीन्सल्यान्ड र साउथ अस्ट्रेलिया गरेर ४८ जनाको मृत्यु भएको हो ।

न्यु साउथ वेल्सको स्वास्थ्य विभागका अनुसार राज्यभरका अस्पतालहरूमा १,७१६ जना कोभिड–१९ सङ्क्रमणका कारण भर्ना रहेको बताएको छ। हिजो राती आठ बजेसम्ममा कोरोनाभाइरस सङ्क्रमणका कारण थप १९ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने थप ८,९५० मानिस सङ्क्रमित भएको बताएको छ।

त्यसैगरी भिक्टोरियाली अस्पतालहरूमा ५५३ जना कोभिड–१९ का बिरामीहरु भर्ना भएका छन् जसमा ८२ जनाको सघन उपचार भइरहेको छ। ती ८२ जना मध्ये २३ लाई भेन्टिलेटरमा राखिएको छ।
मध्यरातसम्मको २४ घण्टामा भिक्टोरियामा १३ जनाको कोरोनाभाइरसका कारण मृत्यु छ भने ८,५२१ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ।

यसै गरी क्वीन्सल्यान्डले पछिल्लो २४ घण्टामा कोभिड–१९ सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको छ भने ५,९७७ जनामा कोरोनाभाइरस देखिएको पुष्टि भएको छ। राज्यभरका अस्पतालहरूमा ५८४ जना कोरोनाभाइरसका बिरामीहरूको उपचार भइराखेको बताइएको छ जसमा ४५ जना आइसियुमा भर्ना भएका छन्।
टास्मेनियामा थप ५५२ कोरोनाभाइरसका बिरामीहरु थपिएका कोभिड–१९ सङ्क्रमित १६ टास्मेनियालीहरुको अस्पतालमा उपचार भइरहेको छ जसमध्ये १ आइसियुमा छन्।
साउथ अस्ट्रेलियामा थप दुई जनाको कोरोनाभाइरस बिरामीहरूको मृत्यु भएको छ, २१० जना बिरामीहरूको अस्पतालमा उपचार भइरहेको छ जसमा १६ जना सघन कक्षमा छन्। थप १,४४५ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ।

साउथ अस्ट्रेलियामा गए रात यता केही प्रतिबन्धहरू खुकुलो पारिएका छन् र पब, क्लब र रेस्टुरेन्टहरूको ग्राहक क्षमता अभिवृद्धि गरिएको छ।

तपाइँको प्रतिक्रिया