शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: २३:२२ |सिड्नीको समय: २१:२२ |काठमाडौंको समय: १७:०७

अष्ट्रेलियामा कोरोनाको कारण थप २२ जनाको मृत्यु

एएनजेड खबरफ्रेब्रवरी १४, २०२२

अष्ट्रेलिया – कोरोना भाइरस संक्रमणबाट न्यु साउथ वेल्स, भिक्टोरिया र क्वीन्सल्यान्डमा २२ जनाको मृत्यु भएको छ । यो यस हप्ताको सबैभन्दा कम दैनिक मृतक सङ्ख्या हो।

न्यु साउथ वेल्समा १,६४९ जना कोरोना भाइरसका कारण अस्पताल भर्ना रहेका छन्, भने १०० जना आइसियुमा छन्। पछिल्लो २४ घण्टे गणना अवधिमा राज्यमा ६,१८४ नयाँ सङ्क्रमित पुष्टि हुनुका साथै १४ जनाको ज्यान गएको छ।
त्यसैगरी भिक्टोरियामा ४६५ जना अस्पतालमा छन्, जस मध्य ६६ जना आइसियुमा र १८ जनालाई भेन्टिलेटरमा राखिएको छ। ७,१०४ नयाँ सङ्क्रमित पुष्टि हुनुका साथै २ जनाको मृत्यु भएको छ।
क्वीन्सल्यान्डमा ३,७५० नयाँ सङ्क्रमित पुष्टि भएको छ । ६ जनाको मृत्यु भएको छ। ५१४ जनाको अस्पतालमा उपचार भइरहेको छ र ४१ जना आइसियुमा छन्।
टास्मेनियामा ४०८ नयाँ सङ्क्रमित थपिएका छन्। १२ जना अस्पतालमा छन् जस मध्य एक जनाको आइसियुमा उपचार भइरहेको छ।
अस्ट्रेलियन क्यापिटल टेरिटरीमा ३७५ नयाँ सङ्क्रमित थपिएका छन् ।

तपाइँको प्रतिक्रिया