आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०७:५७ |सिड्नीको समय: ०५:५७ |काठमाडौंको समय: ०१:४२

ओमानमाथि नेपालको शानदार जित

एएनजेड खबरफ्रेब्रवरी २५, २०२२

विश्वकप छनोट प्रतियोगिताबाट बाहिरिइसकेको नेपालले ओमानमाथि शानदार जित हात पारेको छ । प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा नेपाले ओमानमाथि ९ विकेटको जित हात पारेको हो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ५३ बलमा ५५ रन बनाए । यस्तै, आसिफ शेखले २७ बल खेल्दै २१ रन बनाउँदै उनलाई साथ दिएपछि २२ बल अगावै ओमानले दिएको ८८ रनको लक्ष्य भेट्टाएको हो । यसक्रममा नेपालले १६.२ ओभर खेल्दै ९० रन बनायो । नेपालका ओपनर आरिफ शेख १८ बलमा १६ रन बनाउँदै आउट भएका थिए । आजको जितसहित नेपालले ओमानमाथि पछिल्लो तीन खेलमा लगातार जित हात पारेको छ ।

तपाइँको प्रतिक्रिया