आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १०:०४ |सिड्नीको समय: ०८:०४ |काठमाडौंको समय: ०३:४९

आजबाट सहिद स्मारक ‘बी’ डिभिजन लिग

एएनजेड खबरमार्च २, २०२२

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद  स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता आज बुधबारबाट सुरु गर्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पहिलो दिन तीन खेल हुनेछन् । 

बिहान साढे नौ बजे हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा पौने १ बजे  बाँसबारी क्लब र सरस्वती क्लब आमुने सामुने हुनेछन् ।

अपराह्न ४ बजे हुने तेस्रो तथा दिनको अन्तिम खेलमा विरगंज युनाईटेड र ब्वाइज युनियनबीच खेल हुनेछ । लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा खेल्ने छन् । शीर्ष दुई टोली ‘ए’ लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली  रेलिगेसनमा पर्ने छन् ।

तपाइँको प्रतिक्रिया