शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: २३:२२ |सिड्नीको समय: २१:२२ |काठमाडौंको समय: १७:०७

प्रतिनिधि सभा बैठक २२ गतेसम्मका लागि स्थगित

एएनजेड खबरमार्च २, २०२२

काठमाडौं – प्रतिनिधिसभाको बुधबार बसेको बैठक सात मिनेट ३६ सेकेन्ड बसेर सकिएको छ। आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले अवरोध गरेको थियो । एमालेले पार्टीले उठाएको माग सभामुखले सम्बोधन नगरेको भन्दै एमालेले विरोध जनाउँदै आएको छ ।
एमालेकै अवरोधबीच बुधबारको बैठकमा सूचना आयोगको प्रतिवेदन प्रस्तुत गरियो । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८ पेस गरेका हुन् ।
प्रतिवेदन पेस गरेपश्चात् सभामुख अग्निप्रसाद सापकाटाले यही फागुन २२ गतेसम्मलाई संसद् बैठक स्थगन गरेका छन् । अर्को बैठक फागुन २२ गते आइतबार दिउँसो १ बजे बस्ने भएको छ ।

तपाइँको प्रतिक्रिया