आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०७:०० |सिड्नीको समय: ०५:०० |काठमाडौंको समय: ००:४५

आईसीसी विश्वकप क्रिकेट लिग–२ का लागि १६ सदस्यीय टोली घोषणा

एएनजेड खबरमार्च ४, २०२२

काठमाडौं – युनाइटेड अरब इमिरेट्स (यूएई)मा हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ का नेपाल क्रिकेट संघले बिहीबार १६ सदस्यीय टोलीको घोषणा गरेको छ । 

यूएई जानुअघि नेपाली टिमले श्रीलंकामा करिब एक साता प्रशिक्षण गर्नेछ । त्यसका लागि नेपाली टोली शनिबार श्रीलंका जाने भएको छ । श्रीलंकामा नेपाल त्यहाँको फस्ट क्लास टिमसँग चारवटा अभ्यास खेल खेल्ने क्यानले जनाएको छ । नेपाली टोली श्रीलंकाबाट सिधै यूएई जानेछ । श्रीलंकाबाट फागुन ३० गते यूएई जाने छ । 

नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ मा चैत दुई गते पपुवा न्युगिनि (पीएनजी)विरुद्ध खेल्नेछ । फागुन ४ गते घरेलु टोली यूएईविरूद्ध खेल्नेछ । चैत ७ गते पुन: यूएईविरुद्ध दोस्रो खेल खेल्नेछ । चैत ८ गते पीएनजीविरूद्ध दोस्रो खेल खेल्नेछ । 

नेपाली टिम: 
सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र माल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, कमलसिंह ऐरी, विवेककुमार यादव, सागर ढकाल, पवन सरराफ, करण केसी, विनोद भन्डारी, रोहितकुमार पौडेल, सोमपाल कामी, बिक्रम सोब, भीम सार्की । 

टिम व्यवस्थापक :– कैलाश विष्ट 
मुख्य प्रशिक्षक :– पुबुदु दासानायाके 
सहायक प्रशिक्षक :– प्रकाश शर्मा 
फिजियो :– विक्रम न्यौपाने 
टेक्निकल एनालिस्ट :– रमण शिवाकोटी 
ट्रेनर :– राज शर्मा

तपाइँको प्रतिक्रिया