शनिबार, जेठ ५, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: २३:५४ |सिड्नीको समय: २१:५४ |काठमाडौंको समय: १७:३९

एथ्लेटिको मड्रिड विजयी

एएनजेड खबरमार्च १२, २०२२

स्पेनिस ला लिगा अन्तर्गत शुक्रबार राति भएको खेलमा एथ्लेटिको मड्रिड विजयी भएको छ । घरेलु मैदान एथ्लेटिकोले काडिजलाई २-१ अन्तरले पराजित गर्यो । उसको जितमा जोआओ फेलिक्स र रोड्रीगो डे पौलले एक-एक गोल गरे ।
काडिजका लागि अल्भारो नेग्रेडोले सान्त्वना गोल गरे । खेलको ८८ मिनेटमा एथ्लेटिकोका जाभियर सेरोनाले रातो कार्डको सामना गरेका थिए । २८ खेलबाट ५१ अंक बनाएको एथ्लेटिको शीर्ष तीनमा उक्लिएको छ । काडिज भने २८ खेलबाट २४ अंक सहित १८औं स्थानमा छ ।

तपाइँको प्रतिक्रिया