शनिबार, जेठ ५, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: २३:५४ |सिड्नीको समय: २१:५४ |काठमाडौंको समय: १७:३९

झापा गोल्डकपको फाइनलमा आर्मी प्रवेश

एएनजेड खबरमार्च १२, २०२२

त्रिभुवन आर्मी क्लब काठमाडौँ सातदोबाटो युथ क्लबलाई पराजित गर्दै झापामा जारी पाचौँ झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार सातदोबाटो युथ क्लबलाई ४(१ गोल अन्तरले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो ।
आर्मीको फाइनल यात्राका लागि सुमन अर्याल, सन्तोष तामाङ र टेकबहादुर बुढाथोकीले गोल गरे । सातदोबाटोले एक गोल फर्कायो ।
खेलको २७ औँ मिनेटमा सन्तोष तामाङले प्रहार गरेको फ्रि किकमा सुमनले गोल गर्दै अग्रता दिलाएका एि । सतदोबाटोका लागि दिपकराजसिंह ठकुरीले गोल गरे ।
पहिलो हाफ १–१ को बराबरी रहेको खेलको दोस्रो हाफमा आर्मीले ३ गोल गर्‍यो । खेलको ६० औँ मिनेटमा आर्मीका सन्तोष तामाङले गोल गर्दै खेललाई २–१ मा पुर्‍याए । ८० औँ मिनेटमा टेकबहादुर बुढाथोकीले गोल गरे । ८४ औँ मिनेटमा टेकबहादुरले व्यक्तिगत दोस्रो गोल गर्दा आर्मी ४–१ ले बिजयी भयो । शनिबार दोस्रो फाइनल खेल आयोजक झापा–११ र संकटा क्लबबीच हुनेछ ।

तपाइँको प्रतिक्रिया