शनिबार, जेठ ५, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: ०१:१७ |सिड्नीको समय: २३:१७ |काठमाडौंको समय: १९:०२

नेपाललाई पिएनजीले दियो २९३ रनको लक्ष्य

एएनजेड खबरमार्च २५, २०२२

काठमाडौं – पपुवा न्यूगिनीविरुद्धको एक दिवसीय क्रिकेट जित्न नेपालले २ सय ९३ रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाहुना टोली पीएनजीले पूरै ५० ओभर खेलेर ८ विकेट गुमाउँदै २ सय ९२ रन बनायो ।
नेपालविरुद्धको एक दिवसीय क्रिकेटमा कुनै पनि टिमले बनाएको यो अहलेसम्मकै उच्च स्कोर हो ।

आईसीसी विश्वकप डिभिजन टू अन्तर्गत पीएनजीसँग दुई एकदिवसीय खेल खेलेको नेपालले आज घरेलु मैदानमा पीएनजीसँग पहिलो एकदिवसीय सिरिज खेलिरहेको छ ।  

तपाइँको प्रतिक्रिया