आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०७:३६ |सिड्नीको समय: ०५:३६ |काठमाडौंको समय: ०१:२१

‘द भ्वाइस किड्स’ विजेता जेनिसले ल्याए ‘तिमी सँग’

एएनजेड खबरमार्च २८, २०२२

काठमाडौँ – ‘द भ्वाइस किड्स’ विजेता जेनिस उप्रेतीको स्वर रहेको गीत ‘तिमी सँग’ सार्वजनिक भएको छ । कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको शब्द तथा बाबुल गिरीको संगीत रहेको गीतमा संगीत संयोजन पनि संगीतकार गिरीकै छ ।
शास्त्रिय गीतको रुपमा प्रस्तुत यो गीत जेनिसले निकै राम्रो तरिकाले गाएका छन् । गीतको भिडियो पनि स्टुडियोमै छायांकन भएको छ । भिडियोमा गायक जेनिस, गीतकार उपाध्याय लगायत देखिएका छन् ।
गीत संगीत तथा साहित्य सिर्जनाबाट डा. उपाध्यायले थुप्रै विश्व रेकर्ड राख्न सफल उनले २५ एल्बमका सयौँ गीत सार्वजनिक गरिसकेका छन् ।
यस्तै, उउनका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’ लगायत करिब दुई दर्जन बढी उपन्यास आएका छन् । गीतकार डिआर छिट्टै १०८ विश्व रेकर्ड राख्ने तयारीमा छन् ।

तपाइँको प्रतिक्रिया