आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: २२:२४ |सिड्नीको समय: २०:२४ |काठमाडौंको समय: १६:०९

महिला शिक्षक समाज काठमाण्डौद्वारा शुभकामना आदानप्रदान

एएनजेड खबरअप्रिल १७, २०२२


नयाँ बर्ष २०७९ को अवसरमा बैशाख ३ गते शनिबार महिला शिक्षक समाज काठमाण्डौले भर्चुअल माध्यमबाट शिक्षा विद्, नगरपालिका भित्रका शिक्षा प्रमुख, महिला शिक्षक समाजका केन्द्रीय पधाधिकारी र सदस्यहरु विभिन्न जिल्लाका महिला शिक्षक समाजका पदाधिकारी तथा सदस्यहरु विभिन्न विद्यालयका शिक्षकहरुको समुपस्थितिमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गर्यो।


महिला शिक्षक समाज काठमाण्डौको अध्यक्ष निता पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घोषण सचिव रविना महर्जनले गर्नुभएको थियो । कल्पना बोगटीले स्वागत मन्तव्य राख्दै महिला शिक्षकलाई अगाडि बढाउन पधाधिकारी मात्र होइन सदस्य हरुलाई पनि सक्रिय बनाउने कामको स्वागत गर्ने जिम्मेवारी दिनु पनि उदाहरणीय काम हो भन्दै उपस्थित सबैलाई स्वागत तथा शुभकामना दिनुभयो। महिला शिक्षक समाजको उद्देश्य आगामी दिनमा महिला शिक्षक समाजले एकिकृत पाठ्यक्रम सम्बन्धी तालिम सञ्चालन गर्न महानगरमा प्रस्ताव पेस गरेको र प्रस्तावको लक्ष्य उद्देश्य लागत माथि उपाध्यक्ष नारायणी तिमल्सिनाले प्रकाश पार्नु भयो।

This image has an empty alt attribute; its file name is E5C2B4C6-DD25-4840-A9D1-2959821D064C.jpeg


राष्ट्रिय गानबाट शुरुभएको महिला शिक्षक समाज जिल्लाको तर्फबाट दैलेखका अध्यक्ष टिका थापा, कन्चनपुरको अध्यक्ष मिना कुँवर, शिक्षा विद् वासु सुवेदी , महिला शिक्षक समाजको केन्द्रीय उपाध्यक्ष रीता तिवारी ,शिक्षा तालिम केन्द्र धुलिखेलका प्रमुख श्री खुबीराम अधिकारी , कागेश्वरी मनोहरा नगरपालिकाका शिक्षा प्रमुख श्री स्मिता नेपाल तारकेश्वर नगरपालिका शिक्षा अधिकारी श्री होमनाथ नेपाल, शंकरापुर नगरपालिका शिक्षा प्रमुख श्री सुकदेव नेपाल, काठमाडौं महानगरपालिका शिक्षा प्रमुख श्री रामप्रसाद सुवेदी , शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नन्दलाल पौडेल महिला शिक्षक समाज काठमाण्डौको अध्यक्ष डा. जानुका नेपालले आ आफ्नो धारणा राख्दै महिला शिक्षक समाज विशुद्ध सामाजिक संस्था भएको र महिला शिक्षकलाई योग्य सक्षम, तालिम प्राप्त वनाएर समुदायिक बिद्यालय अगाडि बढे मात्र समग्र शिक्षाको विकास हुने, शिक्षामा रुपान्तरण, नयाँ ढाँचा ल्याउन शिक्षकका लागि शिक्षक नै तयार हुनुपर्ने, तामिल समयानुकुल हुनुपर्ने , विद्यालयको आवश्यकता पहिचान गरेर महिला शिक्षक समाजले समग्र शिक्षा विकासमा लाग्न प्रोत्साहन दिंदै महिला शिक्षक समाजको रचनात्मक , सिर्जनात्मक शैक्षिक उन्नयनमा हातेमालो गर्ने हौसला प्रदान गर्दै शुभकामना दिनु भयो।अन्तमा कार्यक्रमको अध्यक्षले सहभागी अतिथिहरु लगायत कमिटीका साथीहरु र प्रविधिक क्षेत्रमा सहयोग गर्नु हुने महिला शिक्षक समाजको केन्द्रीय सदस्य गीता काफ्लेलाई धन्यवाद दिंदै कार्यक्रम समापन गर्नु भएको एननजेडलाई महिला शिक्षक समाज काठमाण्डौको कोषाध्यक्ष सरिता हुमागाईंले जानकारी गराउनुभयो ।

तपाइँको प्रतिक्रिया