बिहीबार, जेठ ३, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: ०३:१३ |सिड्नीको समय: ०१:१३ |काठमाडौंको समय: २०:५८

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको हत्या प्रयास

एएनजेड खबरनोभेम्बर ३, २०२२
This image has an empty alt attribute; its file name is pakistan-expm-imran-khan-650_625x300_22_September_22-1024x630.jpeg

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको हत्या प्रयास भएको छ । उनीको गाडीलाई लक्षित गर्दै प्रहार गरेको गोली खानको खुट्टामा लागेको छ ।
उनलाई वाजिरावादमा गोली प्रहार गरिएको पाकिस्तानी समाचार संस्था डनले लेखेको छ ।

खान तत्काल निर्वाचनको माग गर्दै प्रदर्शन गर्दै आएका छन् । उनीसँगै र्‍यालीमा सहभागी केही घाइते भएको बताइएको छ ।

गोली लागी घाइते भएका खानलाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ । उनी खतरामुक्त रहेको चिकित्सकहरूले जनाएका छन् ।

खान अमेरिका र पाकिस्तानी सेनासँग मिलेर नयाँ सरकारले आफूलाई सत्ताच्युत गरेको भन्दै निरन्तर प्रदर्शनमा सहभागी हुँदै आएका छन् ।
उनले सरकारको राजीनामा माग गर्दै आयोजना गर्ने विरोध प्रदर्शनमाथि सरकारले दमन गर्ने गरेको छ ।

तपाइँको प्रतिक्रिया