शनिबार, जेठ ५, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: ०१:०१ |सिड्नीको समय: २३:०१ |काठमाडौंको समय: १८:४६

अष्ट्रेलियामा अध्ययनरत विधार्थीको भिसा र काम गर्ने समयमा व्यापक फेरवदल

एएनजेड खबरमार्च २, २०२३

अष्ट्रेलियामा अध्ययनरत विदेशी विधार्थीहरूको काम गर्न पाउने नियममा फेरवदल भएको छ । कोभिड-१९ को माहामारिलाइ ध्यानमा राख्दै श्रमगर्न दिइएको फुल टाइमको अधिकार यही जुनको ३० तारिख देखि कटौती गरिने अष्ट्रेलियास्थित शिक्षा विभागले जानकारी दिएको हो ।

कोभिडका कारण अष्ट्रेलियामा कामदारको चर्काे अभाव भएपश्चात गत वर्षको जनवरीदेखि विदेशी विद्यार्थीलाई तोकिएको काम गर्न पाइने समयसीमा सरकारले हटाएको थियो । तर कोभिडको प्रभाव हटेपछि जनजीवन सामान्यहुँदै गएको कारण विद्यार्थीको फुला ताइम काम गर्न पौने सुविधा कटौती गर्ने निर्णय गरेको बताइएको हो ।

कोभिड महामारीको समयमा विद्यार्थीहरूले दुई सातामा ४० घण्टामात्र काम गर्न पाउने समयसीमालाई हटाएर कानुनी रुपमा फुल टाइम काम गर्न पाउने अधिकार दिइएको थियो । तर फ़ुल टाईमा काम गर्न पाउने अधिकार कटौतीपछि सातामा ४ घण्टा बढी काम गर्न पाउने सुविधा पनि तोकेको छ ।

विभागले सूचनामा जुलाई १ तारिखदेखि निश्चित मापदण्ड पूरा गरेका अन्तर्राष्ट्रिय विद्यार्थीले दुई सातामा ४८ घण्टा काम गर्न पाउने जनाएको छ ।

त्यस्तै सरकारले तोकेको विषयमा ब्याचलर लेवल अध्ययन पूरा गरेका विद्यार्थीलाई दिइँदै आएको २ वर्षे ‘पोस्ट स्टडी वर्क भिसा’ लाई ४ वर्ष बनाएको छ ।अस्ट्रेलियाकी गृहमन्त्री क्लेयर ओनिल र शिक्षामन्त्री जेसन क्लेयरले मंगलबार सरकारले गरेको परिवर्तन उच्चशिक्षा अध्ययनका लागि आएका विद्यार्थीको हितमा रहेको बताएका छन् ।

सरकारले परिवर्तन गरेको नियमले विद्यार्थीहरुलाई अध्ययनका लागि पर्याप्त समय प्राप्त हुनुका साथै आफूलाई सहयोग जुटाउन समेत मद्दत पुग्ने मन्त्रीद्वयको भनाइ छ । सरकारले परिवर्तन गरेको ‘पोस्ट स्टडी वर्क भिसा’ ले अहिले देखिइरहेको कामदार अभावलाई समेत पूर्ति गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ ।

तपाइँको प्रतिक्रिया