शनिबार, जेठ ५, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: २२:५९ |सिड्नीको समय: २०:५९ |काठमाडौंको समय: १६:४४

एडिलेडमा शनिवार हुने नेपाल महोत्सवको तयारी पुरा !!  

एएनजेड खबरमार्च १४, २०२३

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) साउथ अष्ट्रेलियाको आयोजनामा साउथ अस्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली सङ्घ संस्थाहरूको सहकार्यमा यही आउँदो (मार्च १८) शनिवार नेपाल फेस्टिवल एडिलेड २०२३ को आयोजना हुने भएको छ। आगामी मार्च १८ शनिवारको दिन स्थानीय एल्डर पार्कमा नेपाल फेस्टिवललको चौथो संस्करण आयोजना हुँदैछ । 

कार्यक्रमका बारेमा जानकारी दिँदै एनआरएन साउथ अष्ट्रेलिया संयोजक रेनुका लामाले भनिन्,”मार्च १८ मा विहान १० बजे नेपाली संस्कृति झल्कने झाँकीसहितको परेड हुनेछ । झाँकी सहितको परेड कार्यक्रम स्थलमा एल्डर पार्कमा पुगेपछि स्थानीय कलाकारहरूले प्रस्तुति दिने र दिनको ३ बजे साउथ अष्ट्रेलियाका प्रिमियर प्रिमियर पिटर मालिनौस्कस, पर्यटन तथा बहुसास्कृतिक मन्त्री जोबेटीशन, माथिल्लो सदन लेजेस्लेटिभ काउन्सीलको विपक्षी दलको उप नेता जिङ ली, संसद सदस्यहरु, अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशनाथ पोखरेल, विभिन्न नगरका मेयरहरुको उपस्थितिमा औपचारिक कार्यक्रम सुरु हुने अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूको सङ्ख्या बढेसँगै नेपाललाई चिनाउनको लागि यस कार्यक्रमको आयोजना गरिएको संयोजक लामाले बताइन् । 

 साउथ अष्ट्रेलियामा नेपाल फेस्टिवल सन् २०१५ वाट सुरुवात भएको  थियो। नेपाल र नेपाली संस्कृतिबारे हुर्कँदै गरेको नयाँ पुस्तालाई  जानकारी दिन यस फेस्टिवलको मूल मर्म रहेको छ। पर्वको रूपमा मनाउँदै आएको नेपाल फेस्टिवल एडिलेडले नेपाली परम्परा, संस्कृति र सम्पदाहरूको प्रदर्शन तथा प्रवर्द्धन गर्ने मुख्य उद्देश्य समेत  लिएको छ।

प्रवासी नेपालीहरूको आयोजनामा एल्डर पार्कमा हुने नेपाल फेस्टिवल एडिलेड २०२३मा अष्ट्रेलियाका प्रिमियर पिटर मालिनाउकसको मुख्य आथित्यता रहने आयोजकले जानकारी दिएको छ।  कार्यक्रममा नेपाली कलाकारहरू प्रकाश सपुत, प्रीति आले, टिका प्रसाईँ र देवेन्द्र बब्लुको विशेष प्रस्तुति रहनेछ।  त्यसका साथसाथै नेपाली संस्कृति झल्कने विविध सांस्कृतिक नाचगान तथा प्रदर्शनी हुनेछ।

एक दिने उक्त कार्यक्रम बिहानको सांस्कृतिक प्रभातफेरिबाट सुरु भई साँझको आतिसवाजी पछि समाप्त हुने बताइएको छ।

तपाइँको प्रतिक्रिया