शनिबार, जेठ ५, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: २१:०० |सिड्नीको समय: १९:०० |काठमाडौंको समय: १४:४५

न्यूजिल्यान्डको केर्माडेक द्वीपमा भूकम्प

एएनजेड खबरमार्च १६, २०२३

न्यूजिल्यान्डको केर्माडेक द्वीपमा भूकम्प गएको छ ।अमेरिकी भौगर्भिक संस्था (युएसजीएस)ले ७.१ म्याग्निच्युडको भुकम्प गएको बताएको हो ।

आज बिहान १० किलोमिटर गहिराइमा केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ७.१ म्याग्निच्युड मापन भएको र सुनामीको खतरा रहेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

एजेन्सीका अनुसार सुनामीले क्षति पुर्‍याउन सक्ने भएकाले न्यूजिल्याण्ड र टोगा क्षेत्रमासमेत सतर्कता अपनाइएको छ ।

तपाइँको प्रतिक्रिया