शनिबार, जेठ ५, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: २३:३९ |सिड्नीको समय: २१:३९ |काठमाडौंको समय: १७:२४

साउथ अस्ट्रेलियामा नेपाल फेस्टिवल एडिलेड सुरू

एएनजेड खबरमार्च १८, २०२३

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) र साउथ अस्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली सङ्घ संस्थाहरूको सहकार्यमा नेपाल फेस्टिवल एडिलेड भव्यताका साथ सम्पन्न हुदैछ। आज स्थानीय एल्डर पार्कमा भैरहेको नेपाल फेस्टिवललको चौथो संस्करणमा बिभिन्न जातजातिको भेषभुषा झल्कने झाँकीका साथै बाजागाजा सहित सहभागीहरूको उल्लखनिय सहभागी भैरहेको छ।

नेपाल झल्किने विभिन्न् जातजातिको बाजागाजा,झाँकी र भेसभुसामा सुसज्जित व्याक्तित्त्वहरू र्यालीमा सहभागी भएका छन्। नेपाल फेस्टिवल महत्सवमा सानासाना बालबच्चा देखि प्रतिष्ठित व्यक्तित्वहरुको उत्साहजनक सहभागी रहेको छ।

झाँकी सहितको परेड कार्यक्रम स्थलमा एल्डर पार्कमा पुगेसकेको छ। कार्यक्रममा स्थानीय कलाकारहरूले प्रस्तुति दिईरहेका छन् । सो महोत्वबमा अष्ट्रेलियाका प्रिमियर पिटर मालिनौस्कस, पर्यटन तथा बहुसास्कृतिक मन्त्री जोबेटीशन, माथिल्लो सदन लेजेस्लेटिभ काउन्सीलको विपक्षी दलको उप नेता जिङ ली, संसद सदस्यहरु, अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशनाथ पोखरेल, विभिन्न नगरका मेयरहरुको उपस्थिति रहने छ।
एल्डर पार्कमा भैरहेको नेपाल फेस्टिवल एडिलेडमा नेपाली कलाकारहरू प्रकाश सपुत, प्रीति आले, टिका प्रसाईँ र देवेन्द्र बब्लुको विशेष प्रस्तुतिका साथसाथै नेपाली संस्कृति झल्कने विविध सांस्कृतिक नाचगान तथा प्रदर्शनी समेत भैरहेको छ।

नेपालको सस्कृती,धर्म र पहिचानबारे विश्वभरी प्रचारप्रसार गर्ने र अष्ट्रेलियामा लामो समय बसोवास गरिरहेका नेपालीहरूलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रमले नेपाल र नेपालीको पहिचार र आफ्नो मातृभूमि प्रतिको प्रेम दर्शाउने अवसर पनि बनेको छ।

अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूको सङ्ख्या बढेसँगै नेपाललाई चिनाउनको लागि यस कार्यक्रमको आयोजना गरिएको एनआरएन साउथ अष्ट्रेलियाका संयोजक रेनुका लामाले बताएकी छन् ।

तपाइँको प्रतिक्रिया