शनिबार, जेठ ५, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: ००:४६ |सिड्नीको समय: २२:४६ |काठमाडौंको समय: १८:३१

अष्ट्रेलियामा नेपाली, भारतीय र एशियन ग्रोसरीबाट म्याद सकिएका खाद्यान्न बेचबिखन, मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने

एएनजेड खबरमार्च १८, २०२३

अष्ट्रेलियामा रहेका नेपाली, भारतीय र एशियन ग्रोसरी पसलबाट म्याद सकिएका खाद्यान्न बेचबिखन भैरहेको पाइएको छ । मानिसको स्वास्थ्यमा गम्भीर असर गर्ने म्याद सकिएका खाद्यान्न बिक्रि भइरहेको कारण ग्रोसरीबाट सामान किन्दा सचेत बन्नुपर्ने देखिएको हो।

ग्रोसरीबाट खरिद गरि किचेनसम्म पुग्ने खाद्यान्न र अन्य खानेकुराहरुको उत्पादन भएको मिति र अन्तिम म्याद हरेर मात्र खरिद गर्नुपर्ने भएको छ।अखाद्या बस्तुको प्रयोगबाट स्वास्थ्यमा हुनसक्ने गम्भीर असरबाट बच्न गम्भीर हुनुपर्ने अवस्था उत्पन्न भएको हो।

अष्ट्रेलिया सरकारले जनस्वास्थ्यमाथी खेलवाड गर्ने, म्याद गुज्रिएका वा अखाद्य वस्तु विक्रि वितरण गरेको पाइएमा २ वर्ष कैद र एक लाख जरिवाना वा दुबै सजाय हुनसक्ने उल्लेख गरेको छ । यदि संस्थागत रुपमै गम्भीर प्रकृतिको लापरबाही गरिएको पुष्टि भएमा ५ लाख जरिवाना हुने कानुनी व्यवस्था समेत रहेको छ।

तपाइँको प्रतिक्रिया