शनिबार, जेठ ५, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: २२:१२ |सिड्नीको समय: २०:१२ |काठमाडौंको समय: १५:५७

नेपाल एयरलाइन्सले काठमाण्डू-सिडनी उड़ान सुरूगर्ने प्रक्रिया अघि बढ्यो

एएनजेड खबरमार्च २७, २०२३

नेपाल एयरलाइन्सले काठमाण्डू- सिडनी उड़ान सुरू गर्ने प्रक्रिया अघि बढेको छ। नेपाल सरकारले काठमाण्डू- सिडनी उड़ान भर्न नेपाली झण्डा अंकित विमान नेपाल एयरलाइन्सलाई छनोट गरेको हो।

अष्ट्रेलियास्थित नेपाली राजदुतावासले पनि यस समाचारलाई पुष्टि गरेको छ। उसले,’नेपाली राजदूताबासले हिजो अस्ट्रेलिया सरकारलाई Nepal Airlines ले काठमाण्डू- सिडनी- काठमाण्डू उड़ान तय गर्ने भनेर संझौता बमोजिम एयरलाइन्स designate गरेको छ । अब नेपाल एयरलाइन्स ले अस्ट्रेलियाका निकायहरुसंग प्राबिधिक प्रक्रिया शुरू गर्नेछ ।’ भन्दै एक सूचना सार्वजनिक गरेको छ ।

यस प्रक्रिया थालिन गर्नको लागी परराष्ट्रमन्त्रालय मार्फत अष्ट्रेलियाको लागी नेपाली राजदुतावास हुँदै अष्ट्रेलियन सरकार समक्ष पुगिसकेको छ । अष्ट्रेलिया सरकारले यस बारे छिटै नै स्वीकृत प्रदान गर्ने सम्भावना देखिएको छ।

काठमाण्डू- सिडनी सिधा उड़ान नहुँदा आवत-जावतमा निकै कठिनाई भईरहेको छ। नेपाल घुम्न जाने र नेपालबाट अष्ट्रेलिया पारिवारिक भेटघाटका लागी आउने अभिभावकलाई झनै समस्या परेको समयमा काठमाण्डू- सिडनी उड़ान संचालन भएमा धेरै नेपाली लाभाम्वित हुने देखिएको छ।

तपाइँको प्रतिक्रिया