शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: ०८:२५ |सिड्नीको समय: ०६:२५ |काठमाडौंको समय: ०२:१०

सिक्किममा हिमपहिरोमा परी तीन नेपालीको ज्यान गयो !!

एएनजेड खबरअप्रिल ५, २०२३

भारतस्थित सिक्किममा हिमपहिरोमा परी तीन नेपालीसहित सात जनाको ज्यान गएको छ । हिमपहिरोमा परेर अन्य १३ जना घाइते भएका छन् ।

हिजो दिउँसो गान्तोक–नाथुला जेएनएम सडकमा गएको हिमपहिरोमा परेर चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल र रुपन्देहीका मुना शाह श्रेष्ठको ज्यान गएको सिक्किम सरकारले पुष्टि गरेको छ । ज्यान गुमाउने अरू चार जना भारतीय नागरिक रहेका छन् ।

यस्तै घाइते १३ मध्ये तीन जना नेपाली गीता सापकोटा, ज्वोती गुरुङ र रमेश खनालको उपचार भइरहेको छ । हिमपहिरोमा चार सयभन्दा धेरै पर्यटक फसेको र उद्धार कार्य जारी रहेको जनाइएको छ ।

तपाइँको प्रतिक्रिया