शुक्रबार, जेठ ४, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: ०७:१७ |सिड्नीको समय: ०५:१७ |काठमाडौंको समय: ०१:०२

राहुल गान्धीको पुनरावेदन खारेज, जेल जाने सम्भावना !!

एएनजेड खबरअप्रिल २०, २०२३

कांग्रेस आईका नेता राहुल गान्धीले दुई वर्ष जेल सजायविरूद्ध दिएको पुनरावेदन खारेज भएको छ। गुजरातको सुरत अदालतले आज पुनरावेदन खारेज हुने निर्णय सुनाएको भारतीय संचार माध्यमले जनाएका छन्।

यस अघि गान्धीलाई सुरत जिल्ला अदालतले भारतीय संविधान अनुसार अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको थियो। गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरबारे गरेको टिप्पणीलाई लिएर भाजपाका एक नेताले अदालतमा मानहानी मुद्दा हालेका थिए।

गान्धीले एउटा भाषणमा प्रधानमन्त्री मोदीको आलोचना गर्दै ‘सबै चोरहरूको मोदी थर कसरी भयो?’ भन्ने अभिव्यक्ति दिएका थिए।अदालतले दुई वर्षको जेल सजाय सुनाए पछि लोकसभा सचिवालयले उनको सांसद पद निलम्बन समेत गरेको थियो।

तपाइँको प्रतिक्रिया