बिहीबार, जेठ ३, २०८१ |Thu May, 2024
अक्ल्याण्डको समय: १६:४६ |सिड्नीको समय: १४:४६ |काठमाडौंको समय: १०:३१

एनओसी नरोक्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

एएनजेड खबरअप्रिल २२, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका–२०७९’  तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएका छन्। 

स्रोतका अनुसार  डिप्लोमा र भाषा अध्ययन गर्नको  लागी दिइँदै आएको एनओसी पुरानै अवस्थामा फर्काउन शिक्षा मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन भएको हो। 

माओवादी केन्द्र निकट शैक्षिक परामर्श उपशाखाले प्रधानमन्त्रीलाई भेटेर ज्ञापन पत्र बुझाएको थियो। उनीहरूले प्रधानमन्त्रीलाई तत्कालको समस्या र डिप्लोमा तहलाई उच्च शिक्षा नस्विकार्दा उत्पन्न परिस्थिरको बारेमा बताएको स्रोतको दाबी छ। 

 प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि एनओसी पुरानै तरिकाबाट प्राप्त गर्न सकिने छ। शिक्षा सचिव विदेशका भ्रमणमा रहेकाले उनी स्वदेश फर्कन साथ कार्यान्वयन हुने भनिएको छ। प्रधानमन्त्रीको उक्त निर्देशन लागु भएमा एनओसी नपाएर बसेका हजारौँ विद्यार्थीहरू लाभान्वित हुने छन्। 

तपाइँको प्रतिक्रिया