बिहीबार, जेठ ३, २०८१ |Thu May, 2024
अक्ल्याण्डको समय: ०१:०६ |सिड्नीको समय: २३:०६ |काठमाडौंको समय: १८:५१

अष्ट्रेलियामा आगामी मे १३ मा वृहत् अन्तरक्रिया कार्यक्रम हुने

एएनजेड खबरअप्रिल २७, २०२३

अष्ट्रेलियामा नेपाली समुदायलाई लक्षित गरेर वृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गरिने भएको छ। अष्ट्रेलियामा रहेर सञ्चार क्षेत्रमा  प्रभावकारी भूमिका खेल्दै आएको एभरेस्ट: टेलिभिजनले गुड सेन्ट, ग्रानभिलमा कार्यक्रमको आयोजना गर्न लागेको हो ।                           

अष्ट्रेलियामा नेपालीहरूको सङ्ख्या उल्लेखनीय रूपमा बढे सँगै विभिन्न समस्या हरू झेल्नु परेको भन्दै वृहत् अन्तरक्रिया गर्न लागेको आयोजकले विज्ञप्ति मार्फत जानकारी दिएको छ। आगामी मे १३ मा हुने सो अन्तरक्रिया कार्यक्रम अष्ट्रेलियाको  विभिन्न क्षेत्रमा छरिएर अस्थायी वा स्थायी बसोबास समुदाय प्रति लक्षित गरिएको छ। 

नेपाली समुदायमा के कस्ता समस्याहरू छन् साथै  यसका समाधानका उपायहरू के कस्ता हुन सक्छन् भन्ने उद्देश्यले सो कार्यक्रम गर्न लागिएको हो।  सो अन्तरक्रिया कार्यक्रममा सहभागी हुन चाहनेहरूले यही अप्रिल ३० तारिख भित्र अनिवार्य दर्ता गर्नु पर्ने तीर्थ खतिवडा द्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ। आयोजकका अनुसार सो कार्यक्रममा अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थी कलाकारहरू साङ्गीतिक प्रस्तुति पनि हुनेछ। 

यस अन्तरक्रिया कार्यक्रमका मुख्य तीन वटा उद्देश्य रहेको आयोजकले विज्ञप्तिमा उल्लेख गरेको छ। 

* नेपाली समुदायका विशेष गरी विद्यार्थी र अस्थायी भिसामा रहेका नेपाली नागरिकको वास्तविक समस्या चिन्न र बुझ्न प्रयास गर्ने ।

* समस्या राख्न र समाधानको लागि सुझाव दिने अवसर प्रदान गर्ने ।

* प्रवासमा रहेका नेपालीबिचमा आपसी सौहार्दताको विकास गर्न मद्दत गर्ने ।

यी तीन वटा मुख्य उद्देश्य कार्यक्रमको रहेको छ। विज्ञप्तिमा, अष्ट्रेलियामा सयौँको सङ्ख्यामा नेपाली समुदायका गैर-नाफामूलक सङ्घ-संस्था र दर्जनौँ कम्युनिटी मिडिया छन् । नेपाली दूतावासले अस्ट्रेलियामा रहेका नेपालीले खोलेका गैर-नाफामूलक सङ्घ-संस्था र कम्युनिटी मिडियासँग मिलेर काम गर्ने हो भने अधिकांश समस्या समाधान गर्न सहज हुने उल्लेख छ। 

यस‘अन्तरक्रिया कार्यक्रममार्फत अष्ट्रेलियामा रहेका नेपाली समुदायको वास्तविक समस्या पहिचान गर्नुको साथै समस्या व्यक्त गर्न र समाधान गर्न समेत सहयोग मिल्ने आयोजकको विश्वास रहेको छ।  सो कार्यक्रममा उत्कृष्ट विचार र प्रश्न राख्ने तीन जनालाई पुरस्कृत गर्ने आयोजकले घोषणा पनि गरेको छ। 

तपाइँको प्रतिक्रिया