शनिबार, जेठ ५, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: २१:२३ |सिड्नीको समय: १९:२३ |काठमाडौंको समय: १५:०८

नक्कली भुटानी शरणार्थी प्रकरण : ३३ जना विरुद्ध आज मुद्दा दर्ता गरिँदै !

एएनजेड खबरमे २४, २०२३

नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीविरुद्ध मुद्दा दर्ता हुदैछ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले आज जिल्ला अदालतमा अभियोजन दर्ता गर्न लागेको हो। 

नक्कली शरणार्थी प्रकरणमा ठगी गरेको अभियोगमा एमाले सचिव तथा  पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, काँग्रेसका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित १६ जना पक्राउ परिसकेका छन्। 

यस्तै फरार रहेका बाँकी १७ जनालाई पनि प्रतिवादी बनाएर उनीहरू विरुद्ध ठगी, राज्यविरुद्धको अपराध र सङ्गठित ठगीमा मुद्दा चलाउन सकिने र  थप अनुसन्धान पनि भइरहने प्रहरीले जनाएको छ। 

 ३३ जना प्रतिवादीविरुद्ध  अनुसन्धानको लागी  गठित ८ सदस्यीय समितिले सोमबार प्रतिवेदन बुझाएको थियो। 

*हालसम्म पक्राउ परेका प्रतिवादीहरू हिरासतमा रहेका जम्मा  १६ जना (सुची)

१.नेकपा एमालेका निलम्बित सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी

२. नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण

३. तत्कालीन गृहसचिव टेकनारायण पाण्डे

४. भुटानी शरणार्थी नेता टेकनाथ रिजाल

५. तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई

६. हज समितिका अध्यक्ष शमशेर मियाँ

७. पूर्वसभासद् आङटावा शेर्पा

८. तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी

९. टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी

१०. केशव दुलाल 

११. सानु भण्डारी

१२. सन्देश शर्मा

१३. सागर राई

१४. टंक गुरुङ

१५. गोविन्द चौधरी

१६. रामशरण केसी  

*हालसम्म फरार रहेका १७ जना प्रतिवादी (सुची)

१. राजेश अर्याल

२. हरिभक्त महर्जन

३. आशिष बुढाथोकी 

४. पूर्व गृहमन्त्री ‘बादल’का छोरा प्रतीक थापा

५. तत्कालीन गृहमन्त्री ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजितका छोरा निरज राई 

६. केशव तुलाधार

७. अशोक पोख्रेल

८. लक्ष्मी महर्जन

९. धीरेन राई

१०. मोहन राई

११. दीपा हुमागाईं

१२. सुनिल बुढाथोकी

१३. विनिता लिम्बू

१४. निरञ्जन कुमार खरेल

१५. बचन झा

१६. रमा थापा 

१७. गोकुल थापा रहेका छन्। 

तपाइँको प्रतिक्रिया