शनिबार, जेठ ५, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: २२:४५ |सिड्नीको समय: २०:४५ |काठमाडौंको समय: १६:३०

‘घरको होस् कि बार्दलीको होस् सबैमाथि छानबिन हुनुपर्छ’ : महामन्त्री गगन थापा

एएनजेड खबरमे २४, २०२३

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा मुछिएका सबैलाई छोड्न नहुने बताएका छन्।  आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले घरको होस् चाहे बार्दलीको होस् कसैलाई छोड्न नहुने बताएका हुन्। 

‘,चाहे घरको होस् चाहे बार्दलीको होस्। नेता होस् कि नाता होस्। सलामी गर्ने होस् कि सलामी लिने होस् एक जना पनि छुट्न हुँदैन,’ उनले भने, ‘अनुसन्धान कहीँ न कहीँ  लप्काएको छ भन्ने भयो भने विकल्पहरूबारे खोजी हुन्छ र प्रश्न उठ्छ।’ 

थापाले यस  ठगी प्रकरणमा कसरी अनुसन्धान भइरहेको छ भन्ने बारे आमनारिकले हेरिरहेको समेत बताए।

 ‘अहिले जसरी नामहरू आइरहेका छन् लाज पनि लगाएकोजस्तो भएको छ। को-को परेको हो, को-को नपरेको हो सुन्दासुन्दै लोक लजाएको छ।  हाम्रो वरिपरि भएका जिम्मेवारी लिइरहेका एकपछि अर्को तानिँदै जाने हुन् कि भन्ने लागेको छ। तर यसमा सरकारको परीक्षा हेर्नुछ। अनुसन्धान कसरी भइरहेको छ सबै जनताले हेरिरहेका छन् ,’उनले भने। 

राज्यविरूद्धको अपराधमा संलग्न हुने एक-एक मानिसमाथि छानबिन हुनुपर्ने थापाको भनाई छ। 

तपाइँको प्रतिक्रिया