शनिबार, जेठ ५, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: २१:२३ |सिड्नीको समय: १९:२३ |काठमाडौंको समय: १५:०८

सरकारले रेशम चौधरीलाई आममाफी दिने तयारी गरेपछि राष्ट्रिय जनमोर्चाले विरोध

एएनजेड खबरमे २६, २०२३

सरकारले टीकापुर घटनामा जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई आममाफी दिने तयारी गरेपछि राष्ट्रिय जनमोर्चाले विरोध गरेको छ। उसले एक विज्ञप्ति जारी गर्दै  आममाफी दिने प्रक्रिया रोक्न सरकारसँग माग गरेको हो। 

अध्यक्ष चित्रबहादुर केसीले आज  विज्ञप्ति निकालेर आममाफी दिने प्रक्रिया रोक्न माग गरेका हुन्। विज्ञप्तिमा भनिएको छ ‘टीकापुर हत्याकाण्डका नाइके वा संलग्नलाई आममाफी दिने कार्यले दण्डहीनता, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण बढ्ने छ। जसको परिणाम मुलुकमा कानुनको शासन नभएर अराजकता र दण्डहीनता मौलाउने छ। त्यसैले रेशम चौधरीलाई आममाफी दिनका लागि अगाडि बढाएको प्रक्रिया रोक्न सरकारसँग माग गर्दछौँ,’।

चौधरीलाई सर्वोच्च अदालतले केही समयअघि जन्मकैद फैसला गरेको थियो।  जनमोर्चाले टीकापुर हत्याकाण्ड कुनै राजनीतिक नभएर आम नरसंहारको घटन रहेको  र प्रचण्ड सरकारले चौधरीलाई आममाफी दिने गरी अगाडी  बढाएको  प्रक्रियाको राष्ट्रिय जनमोर्चाले घोर विरोध तथा भर्त्सना गर्दछ भन्दै विरोध गरेको हो। 

तपाइँको प्रतिक्रिया